अफगानिस्तानमा एकैदिनमा २७४ तालिवान लडाकू मारिए, ११९ घाइते

अफगानिस्तानमा एकैदिनमा २७४ तालिवान लडाकू मारिए, ११९ घाइते

अर्थ डबली
बिहिवार, साउन २१ २०७८
अर्थ डबली
बिहिवार, साउन २१ २०७८ (अर्काइभ बाट)
  • अफगानिस्तानमा एकैदिनमा २७४ तालिवान लडाकू मारिए, ११९ घाइते

    काबुल/ सरकारी सुरक्षाकर्मीको सुरक्षा कारबाहीका क्रममा अफगानिस्तानमा एकै दिनमा २७४ तालिवान लडाकू मारिएका छन् । 

    images
    images

    देशका विभिन्न प्रान्तमा भएका घटनामा परी उनीहरुको मृत्यु भएको र अरु ११९ घाइते भएका अधिकारीले जनाएका छन् ।  

    विषेश गरेर नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सरकारी सुरक्षाकर्मीले सुरक्षा कारबाही चलाएका हुन् ।  

    लडाकूको आश्रयस्थल र उनीहरुले गरिरहेका गतिविधिका बारेमा प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ ।

    अफगानिस्तानका धेरै सहरमा लामो समयदेखि सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूका बीचमा झडप तथा भीडन्त हुने गरेको छ । 

    अफगानिस्तानमा लामो समयदेखि चलिरहेको गृहयुद्धका कारण हजारौँका मृत्यु भएको छ भने लाखौँ मानिस पीडित भएका छन् ।  

    साताको लोकप्रीय