महान विचारकका महान प्रेरणादायी भनाईहरु

महान विचारकका महान प्रेरणादायी भनाईहरु

अर्थ डबली
आइतवार, पुस ५ २०७७
अर्थ डबली
आइतवार, पुस ५ २०७७ (अर्काइभ बाट)
  • महान विचारकका महान प्रेरणादायी भनाईहरु

    काठमाडौं / प्लेटोले एकदिन भनेका थिए आफैंमाथि विजय गर्नु सबैभन्दा श्रेष्ठ र महानतम विजय हो । यस्तो विभिन्न दार्शनिकहरुको महान वाणीहरु भोगाईहरुले आम मानिसको जिवनमा पनि सकारात्मक प्रभाव पर्न सक्छ ।

    images
    images

    आजको २१ शताब्दीमा मानिसहरु सधैं व्यस्त र चलायमान हुन्छन् । हरेक मानिस आफ्नो पेशा व्यवसायमा सधैं प्रतिस्पर्धामा कुदिरहेका हुन्छन् । सधैं तनावमा धेरै जसो देखिन्छन् । 

    आफुले भोगेको, झेलेको, अनुभव गरेको कुरा नै बढी जीवनोपयोगी हुने भएकोले यस्तो सुनेका, देखेका कुराहरुबाट पनि हामी पाठ सिक्न सक्छौं । अतः चिन्तक, दार्शनिक, वैज्ञानिक, नेता आदिले विभिन्न सन्दर्भ र कालखण्डमा बोलेका कुराहरु  तपाई हामीलाई अनमोल पाठ हुनसक्छ । 

    forex.PNG

    यहाँ त्यस्तै भनाईहरु प्रस्तुत गरिएको छ, जो प्रेरणादायी छन् ।

    १. खुसी त्यही व्यक्तिलाई प्राप्त हुन्छ, जो अरुको खुसी देख्न चाहन्छ ।
    अज्ञात

    २. आफैमाथि विजय गर्नु सबैभन्दा श्रेष्ठ र महानतम विजय हो ।
    प्लेटो

    ३. सानोतिनो असफलतामा जो डराउँछन्, उनीहरु जीवनभर मुकदर्शक बनिरहन्छन् ।
    अज्ञात

    ४. समझदार व्यक्तिले सारसले जस्तै होशियारीपूर्वक काम गर्नुपर्छ । स्थान, समय र आफ्नो क्षमता बुझेर कार्य सम्पन्न गर्नुपर्छ ।
    चाणक्य

    ५. आफैलाई कमजोर सम्झनु सबैभन्दा ठूलो पाप हो
    स्वामी विवेकान्द

    ६. दृष्टिकोण एक समान्य कुरा हो तर, त्यसले धेरै ठूलो फरक पार्छ ।
    विस्टन चर्चिल

    ७. त्यस व्यक्तिको अटल साहसभन्दा धेरै प्रभावशारी केही पनि छैन, जो आफ्नो स्वतन्त्रता र सम्मानका लागि दुःख सहन अनि त्याग गर्न तयार छन् ।
    मार्टिन लूथर किंग

    ८. हामीले नयाँ परिस्थितीमा नयाँ सोंचका साथ काम गर्नुपर्छ ।
    अब्राहम लिंकन

    ९. उत्कृष्टता एक शतत प्रक्रिया हो, कुनै दुर्घटना होइन ।
    अब्दुल कलाम

    १०. हमीले भूतको बारेमा पछतो गर्नुहुन्न । भविष्यको बारेमा चिन्तित हुनुहुन्न । विवेकवान व्यक्ति सधै वर्तमानमा बाँच्ने गर्छन् ।
    चाणक्य

    ११. वितेको दिनबाट सिक, आउनेवाला दिनप्रति लागि आशा राख । र, आजको लागि बाँच ।
    अल्बर्ट आइस्टाइन

    १२. जिन्दगी एक साइकल जस्तै हो । यदि त्यसलाई सन्तुलित बनाएर अगाडि बढाउने हो भने पाइडल मारिरहनुपर्नेछ ।
    अल्बर्ट आइस्टाइन

    १४. महान सौन्दर्य, अत्याधिक ताकत, धेरै धन वास्तवमा कुनै उपयोगी छैन । एक सच्चा हृदय सबैभन्दा श्रेष्ठ छन् ।
    बेन्जामिन फ्रेंकलिन

    १५. एक मूर्ख आफुलाई बुद्धिमन सम्झन्छन् । तर बुद्धिमान व्यक्ति आफुलाई मुर्ख सम्झन्छन् ।
    विलियम शेक्सपियर

    १७. विश्वास त्यो शक्ति हो, जसले उजाडिएको दुनियमा प्रकाश ल्याउन सक्छ ।
    हेलेन केलर

    १८. सन्तुलित मन बराबर कुनै तपस्य छैन । सन्तोष बराबर कुनै खुसी छैन । लोभ बराबार कुनै बिराम छैन । दया बराबर कुनै सदाचार छैन ।
    चाणक्य

    १९. अस्वस्थ्यकर जीवन जीवन होइन, बस पीडाको एक स्थिति हो ।
    गौतम बुद्ध

    २०. आफ्नो सपनालाई साकार बनाउने सर्वश्रेष्ठ तरिका हो, तिमी जाग ।
    पल वैलेर

    २१. बुद्धिमान व्यक्तिले अर्कोको गल्तीबाट पनि पाठ सिक्छन् ।
    पी सायरस

    २२. बिना उत्साह कुनैपनि महान काम संभव छैन ।
    राल्फ वान्डो एमर्सन

    २३. त्यही व्यक्तिलाई आलोचना गर्ने अधिकार हुन्छ, जो सहयोग गर्ने भावना राख्छ ।
    अब्राहम लिंकन

    २४. अज्ञानता र विचारहिनता दुबै मानवता विनासको दुई ठूलो कारण हुन् ।
    जन टिलोटसन

    २५. पुरा जीवन एक अनुभव हो । तिमी जति प्रयोग गर्छौं उत्तिनै यसलाई उत्कृष्ट बनाउन सक्छौं ।
    राल्फ वाल्डो एमर्सन 

    २६. एक बुद्धिमान व्यक्तिको प्रश्नमा आधा उत्तर लुकेको हुन्छ ।
    सोलोमन इब्र गेबिरोल

    २७. राम्रो निर्णय अनुभवबाट प्राप्त हुन्छ । तर दुर्भाव्यवश अनुभवको जन्म गलत निर्णयबाट हुन्छ ।
    रीटा माए ब्राउन

     

    साताको लोकप्रीय