Logo
शनिवार, आश्विन २ गते २०७८
images
आश्विन २ गते २०७८
images
images

तालिबानको कब्जापछि पहिलो विदेशी व्यावसायिक उडान काबुलमा


२०७८ भाद्र, २८ सोमवार
  • 184
    SHARES

  • तालिबानको कब्जापछि पहिलो विदेशी व्यावसायिक उडान काबुलमा

    काबुल / पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए)को यात्रु बोकेको एउटा विमान सोमबार काबुल एयरपोर्टमा उत्रेको छ ।

    images

    तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा सत्ता कब्जामा लिएपछि यो पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान काबुल एयरपोर्टमा आएको हो । 

    इस्लामाबादबाट उडानमा सवार एक यात्रु एएफपी पत्रकारले विमानमा करिब १० जना यात्रु सवार रहेका र त्यसमा पनि यात्रु भन्दा बढी धेरै विमानका कर्मचारी रहेका जनाएका छन् ।

    पाकिस्तानको एयरलाइन्स, पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने पनि आइतबार बताइएको थियो । 

    पाकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो । सो एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमितरुपमा सुचारु गर्ने जनाएको थियो । 

    अफगानिस्तानमा तालिबानीले हमला गरेर सत्ता कब्जा गरेपछि पाकिस्तानको यो एयरलाइन्सले पनि आफ्ना सबै उडान बन्द गरेको थियो । 

    त्यसयता यहाँका कैयौँ विदेशी विमान सेवा कम्पनीले उडान बन्द गरेका छन । पिआइए बाहेक अरु देशका विमान कम्पनीले भने उडान शुरु गरेका छैनन् ।

    यो पनि पढ्नुहोस

    सम्बन्धित समाचार

    images
    images
    images
    images

    ताजा अपडेट

    images
    images

    धेरै पढिएको

    images