पाकिस्तानमा भिषण वर्षा, १२ को मृत्यु

पाकिस्तानमा भिषण वर्षा, १२ को मृत्यु

अर्थ डबली
सोमवार, भाद्र २८ २०७८
अर्थ डबली
सोमवार, भाद्र २८ २०७८ (अर्काइभ बाट)
  • पाकिस्तानमा भिषण वर्षा, १२ को मृत्यु

    इस्लामावाद / पाकिस्तानमा भिषण वर्षा भएको छ । सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको छ । 

    images
    images

    गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरुले जनाएका छन् । वर्षापछि पहिरो गएको र त्यसमा केही घर पनि बगेका जनाइएको छ । 

    उद्धारको काममा खटेका यहाँका अधिकारीहरुले यहाँ भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् भने वर्षाका कारण अहिलेसम्म १२ जनाको ज्यान गएको पनि बताएका छन् । 

    एकै ठाउँमा निकै ठूलो वर्षा भएको र सो निरन्तर रहेपछि बाढी र पहिरो आएको बताइएको छ । कतिपय बगेका घरमा परेर मानिसको निधन भएको अनुमान गरिएको छ भने, केही घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

    साताको लोकप्रीय