कोरोना अपडेटः थप १,४८६ जनामा कोरोना संक्रमण, १२६० जना निको भए 

कोरोना अपडेटः थप १,४८६ जनामा कोरोना संक्रमण, १२६० जना निको भए 

अर्थ डबली
सोमवार, भदौ २८ २०७८
अर्थ डबली
सोमवार, भदौ २८ २०७८ (अर्काइभ बाट)
  • कोरोना अपडेटः थप १,४८६ जनामा कोरोना संक्रमण, १२६० जना निको भए 

    काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  आज सोमबार १६ हजार पाँच सय ३९ जनामा परीक्षण गर्दा एक हजार चार सय ८६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । 

    images
    images

    साथै काठमाडौं उपत्यकामा  चार सय २६ जना कोरोना संक्रमित थपिए । यस्तै, काठमाडौंमा मात्रै तीन सय एक, ललितपुरमा ६८ र भक्तपुरमा ५७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । 

    सोमबारसम्म २६ हजार छ सय ३० जना सक्रिय संक्रमित छन्। पछिल्लो समयसम्म नेपालमा थप एक हजार चार सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको 
    मन्त्रालयले जनाएको छ ।  कोरोना भाईरस नियन्त्रणमा नआईसकेको हुँदा सावधानी अपनाउन मन्त्रालयले आग्रहसमेत गरेको छ ।

    त्यस्तै, पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट १६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने संख्या १० हजार ९ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।  यस्तै, एक हजार दुई सय ६० जना निको भए । 

    १२ हजार पाँच सय ३२ जनाको पिसिआर परीक्षण गरिएको थियो भने चार हजार सात जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

    साताको लोकप्रीय