कीर्ते कागजातमा ऋण दिने राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी अख्तियारको फन्दामा 

कीर्ते कागजातमा ऋण दिने राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी अख्तियारको फन्दामा 

अर्थ डबली
बुधवार, पौष १५ २०७७
अर्थ डबली
बुधवार, पौष १५ २०७७ (अर्काइभ बाट)
  • कीर्ते कागजातमा ऋण दिने राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी अख्तियारको फन्दामा 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय नेपालगञ्जका तत्कालीन प्रबन्धक ललितबहादुर शाहीसहित आठ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । 

    images
    images

    बैंकका कर्मचारी र धितो मूल्याङ्कनकर्ताको समेत मिलेमतोमा सरकारी कागजात कीर्ते गरी ऋण प्रवाह गरी भ्रष्टाचार गरेको पाइएकाले उनीहरु विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

    आयोगले बैंकका तत्कालीन प्रबन्धक ललितबहादुर शाही, सहायक कलबहादुर ओली क्षेत्री, तत्कालीन उपप्रमुख होताराम योगी, सहायक प्रिन्सी गुप्ता, रिजवान अहमद असगढ, सकिना जसगढ, फहमिदा बानो जसगढ र सूचीकृत धितो मूल्याङ्कनकर्ता कर्णबहादुर केकेविरुद्ध समान रु एक करोड २५ लाख बराबरको भ्रष्टाचार गरेको आयोगले ठहर गरेको छ ।

     उनीहरु विरुद्ध समान बिगो कायम गर्दै आज मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले दिए । 

    कीर्ते कागजातको आधारमा कीर्ते धितो मूल्याङ्कन गरी उक्त कागजात बैंक शाखामा पेश गरी कर्जा लिने कार्य गैरकानूनी रहेको आयोगको ठहर छ । 

    साताको लोकप्रीय