धरानको कृषि उपज बजारलाई व्यवस्थापन पुरस्कार

धरानको कृषि उपज बजारलाई व्यवस्थापन पुरस्कार

अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७
अर्थ डबली
सोमवार, कार्तिक १७ २०७७ (अर्काइभ बाट)
  • धरानको कृषि उपज बजारलाई व्यवस्थापन पुरस्कार

    धरान / कृषि बजार व्यवस्थापन समिति धरान – १३  ले उत्कृष्ट व्यवस्थापनको पुरस्कार पाएको छ । 

    images
    images

    प्रदेशका विभिन्न जिल्लाका उत्पादनहरु सङ्कलन गरेर बिक्री वितरण गर्दै आएको सो बजारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट व्यवस्थापन पुरस्कार पाएको  हो । 

    यस अघि पनि सो बजारले पटकपटक  प्रथम पुरस्कार पाएको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । देशभरि व्यवस्थापन समिति बनाएर सञ्चालनमा आएका ११ वटा बजार रहेका छन् । 

    विदेश निर्यात, कृषि उत्पादन, बजार सेवा, मूल्य निर्धारण लगायतको मापदण्डको आधारमा विश्व खाद्य दिवसको अवसरमा नेपालभरिका कृषि थोक बजारहरुलाई पुरस्कृत गरिन्छ ।

    यो वर्ष  दोस्रोमा विर्तामोडस्थित कृषि उपज बजार र तेस्रो पोखराको कृषि उपज बजार घोषित भएका छन् ।

    यस्तै उत्कृष्ट व्यवसायीमा प्रथम वीरेन्द्रनगरका लक्ष्मण खत्री, दोस्रोमा विर्तामोडका खगेन्द्र महतो र तेस्रोमा धरानकै अजयकुमार गुप्ता छानिएका छन् । 

    पुरस्कृत भए वापत पूुर्वाधार विकासको कुनै योजना छनौट गर्ने अवसरसमेत पाउने बताइएको छ ।

    गत वर्ष कार्यालय भवन निर्माणका लागि ३० लाख बजेट दिएको थियो । समितिले कार्यालय भवन बनाई सकेको छ । 

    यो वर्षका लागि आइतबार व्यवस्थापन समितिको बैठक बसेर आर्गानिक तरिकाले फलफुल पकाउने च्याम्वर निर्माण र आवास गृहको स्तरोन्नतिका लागि मन्त्रालयलाई प्रस्ताव पठाउने निर्णय भएको भट्टराईले  जानकारी दिए । 

    भट्टराइका अनुसार गत आर्थिक वर्षमा १ लाख ४५ हजार मेट्रिक टन बराबर कृषि वस्तुको कारोबार भएको थियो । कारोबारको २० प्रतिशत भारत निर्यात भएको थियो ।

    साताको लोकप्रीय