नेप्से परिसूचक ४.५५ अंकले घट्दा २ अर्ब ८४ करोडमाथिको कारोबार, यी हुन् १० करोडमाथि कारोबार गर्ने पाँच कम्पनी 

नेप्से परिसूचक ४.५५ अंकले घट्दा २ अर्ब ८४ करोडमाथिको कारोबार, यी हुन् १० करोडमाथि कारोबार गर्ने पाँच कम्पनी 

अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७
अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७ (अर्काइभ बाट)
  • नेप्से परिसूचक ४.५५ अंकले घट्दा २ अर्ब ८४ करोडमाथिको कारोबार, यी हुन् १० करोडमाथि कारोबार गर्ने पाँच कम्पनी 

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ४.५५ अंकले घटेर एक हजार ६३६.०९ बिन्दुमा झरेको छ । 

    images
    images

    नेप्सेका अनुसार सेन्सेटिभ इनडेक्स पनि आज २.१३ अकंले घटेर ३२४.३७ बिन्दुमा झरेको छ भने हिजोको तुलनामा आज कारोबार रकम भने बृद्धि भएको छ ।

    लगानीकर्ताहरु नाफा बुक गर्न केन्द्रित हुँदा आज नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने उल्लेखनीय बृद्धि भएको हो । 

    अघिल्लो कारोबार दिन बुधबार एक अर्ब ७५ करोडमा सीमित भएको बजार आज २ अर्ब ८४ करोड २४ लाख ६९ हजार रुपैयाँभन्दा माथि उक्लिएको छ । 

    आजको बजारमा कूल २०० कम्पनीको ३५ हजार ३३५ पटकको व्यापारमा ९१ लाख २३ हजार ८९३ कित्ता शेयर खरिदबिक्री भएको देखिएको छ । 

    आज कारोबारमा आएका समूहमध्ये ४ ओटा समूहको परिसूचकमा बृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ । बढेको समूहमध्ये सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक ०.९८ प्रतिशतले बढेको छ ।

    त्यस्तै, होटल समूहको परिसूच्क ०.२८ प्रतिशत, विकास बैंक समूहको परिसूचक ०.२४ प्रतिशत र जीवन बीमा समूहको परिसूचक ०.०१ प्रतिशतले बढेको हो । 

    यसैगरी बैंकिङ समूहको परिसूचक सबैभन्दा बढी ०.६१ प्रतिशतले ओरालो लागेको छ भने लघुवित्त समूहको परिसूचकमा समेत ०.५० प्रतिशतको गिरावट आएको छ ।

    निर्जीबन बीमा समूह ०.२० प्रतिशत, म्युचुअल फण्ड समूह ०.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.१४ प्रतिशत र वित्त समूहको परिसूचक ०.०२ प्रतिशतले घटेको छ । 

    बिहीबारको कारोबार रकममा सर्वाधिक हिस्सा रहेको देखिएको छ । उक्त कम्पनीको कूल कारोबार रकम २० करोड ८४ लाख ६० हजार रुपैयाँमाथि रहेको छ ।

    त्यस्तै, अरुण कावेली पावरको १८ करोड ५४ लाख ९१ हजार रुपैयाँ, एभरेष्ट बैंकको १६ करोड ४५ लाख ५ हजार रुपैयाँ, अपि पावर कम्पनीको १४ करोड ३४ लाख ६२ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको १० करोड २ लाख ९५ हजारबढीको कारोबार भएको हो ।

    पछिल्लो केही दिनयता निरन्तर उकालो लागेको विशाल बजार कम्पनीको शेयरमूल्यमा आज बिहीबार भने भारी गिरावट आएको छ । उक्त कम्पनीको शेयरमूल्य ८.५० प्रतिशत अर्थात प्रतिकित्ता २१९ रुपैयाँ घटेर अन्तिम मूल्य २ हजार ३५६ कायम भएको छ ।

    त्यस्तै, शिव श्री हाइड्रो पावरको शेयरमूल्य ७.८८ प्रतिशत अर्थात १३ रुपैयाँका दरले घटेर अन्तिम मूल्य १५२ रुपैयाँ कायम भएको छ भने एभरेष्ट बैंकको शेयरमूल्यमा पनि ५.८६ प्रतिशतको गिरावट आएको छ । 

    नाडेप लघुवित्तको लगानीकर्ताहरुले ३.५३ प्रतिशतले गुमाउदा सुम्मित लघुवित्तको लगानीकर्ताहरुले २.४० प्रतिशतले गुमाएका छन् । 

    घटेको बजारमा आज ४ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ । बढेको कम्पनीहरुमध्येमा सानिमा जनरल इन्योरेन्स कम्पनीको शेयरमूल्य ९.९४ प्रतिशत बढेको छ भने राइराङ हाइड्रो पावरको ९.९१ प्रतिशत, गुरासँ फाइनान्सको ९.६८ प्रतिशत र सिन्धु विकास बैंकको ९.३८ प्रतिशतले बढेको छ । 
     

     

    साताको लोकप्रीय