जर्मनीको लोहमार शहरमा लोभ लाग्दो पम्पकिन उत्सव

जर्मनीको लोहमार शहरमा लोभ लाग्दो पम्पकिन उत्सव

अर्थ डबली
मंगलवार, भदौ २९ २०७८
अर्थ डबली
मंगलवार, भदौ २९ २०७८ (अर्काइभ बाट)
  • जर्मनीको लोहमार शहरमा लोभ लाग्दो पम्पकिन उत्सव

    जर्मनीको कोलोन नजिकै रहेको लोहमार शहरमा सेप्टेम्बर १२, २०२१ मा परम्परागत कद्दू महोत्सवको क्रममा एउटा बच्चा एउटा विशाल कद्दूमा बसेको छ।

    images
    images

    pumpkin.PNGत्यस्तै, यहाँ पम्पकिनको महोत्सवमा खुव रमाईलो मनाईन्छ । व्यापारिक दृष्टिले पनि यो उत्सव निकै रोचक हुन्छ । फोटो सिन्ह्वाबाट 

     

    सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा

     सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गर्नुभएको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । 

    सिरियाका राष्ट्रपति बसर अल असदसँग भएको अघोषित वार्ताका क्रममा निन्दा गरेको एएफपी समाचार समितिले प्रकाशन गरेको एक समाचारमा जनाइएको छ  ।  

    सन् २०११ को मार्च महिनाबाट सरकार विरोधी प्रदर्शन भएसँगै भड्किएको सिरियाली संघर्षको दौरानमा मस्को असदको शासनकालको एक प्रमुख सहयोगीको रुपमा रहेको छ  । सन् २०१५ मा रुसको सैन्य हस्तक्षेपले असदको पक्षमा युद्धको लहरलाई परिवर्तन गर्न मद्दत गरेको थियो  ।

     ‘मेरो विचारमा मुख्य समस्या यो हो कि विदेशी सशस्त्र सेनाहरु संयुक्तराष्ट्र संघको अनुमोदन बिना र तपाइँको अनुमति बिना देशका केही क्षेत्रहरुमा रहेका छन् – पुटिनले असदलाई बैठकमा भने । 

    सिरियामा जारी द्वन्द्वमा रुस र सिरियाको संयुक्त प्रयासलाई सराहना गर्दै पुटिनले भन्नु भो– उनीहरुको सेनाले विशाल भूभाग सरकारी नियन्त्रणमा फिर्ता लिएको छ ।आतंकवादीहरूले धेरै गम्भीर क्षति बेहोरेका र असदको नेतृत्वमा रहेको सिरियाली सरकारले देशको ९० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको पुटिनले  बताए । 

    सिरियाली नेताले असदले पुटिनलाई मस्कोमा भेट्नु एउटा ठूलो सम्मान भएको बताउनु भो  । यस वैठकमा सिरियाका विदेश मन्त्री फैसल अल मेक्दाद र रुसका रक्षा मन्त्री सर्गेई शोइगुले वार्तामा सामेल भएको थियो । 

    दुबै पक्षहरुबीच सिरियामा विदेशी हस्तक्षेप बिना राजनीतिक सम्झौताहरु हुनुपर्ने विषयमा छलफल भएको बताइएको छ । 

    पुटिन र असदबीच “आर्थिक सहयोग“ को विषयमा पनि थप छलफल भएको बताइएको छ । सिरियाको लागि रुसले राजनीतिक र सैन्य समर्थन गर्दै आएको छ  । 

    भारतीय प्रधानमन्त्री मोदी अर्को हप्ता अमेरिका जाने

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अर्को हप्ता अमेरिका भ्रमणमा जाने भएको छ ।  भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगै अन्य विभिन्न प्रभावशाली मुलुकका नेताहरुसँग पनि भेटवार्ता गर्ने भएको छ । 

    क्वाद सम्मेलनमा सहभागी हुन मोदीसँगै अन्य विभिन्न देशका नेताहरु पनि अमेरिका जानुहुने र त्यही बेलामा उनीहरुको बीचमा भेटवार्ता हुने भएको हो ।  सम्मेलनका लागि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका प्रधानमन्त्री योशिहिडे सुगा पनि अमेरिका जाने भएको जनाइएको छ । 

    अमेरिकाको वासिङ्टन डिसीमा हुने सम्मेलनका लागि आएका विदेशी पाहुनाहरुलाई अमेरिकी राष्ट्रपति बाइडेनले स्वागत गर्नुहुने तालिका सार्वजनिक गरिएको छ । यही सेप्टेम्बर २४ तारिखका दिन हुने सम्मेलनमा नेताहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा आफ्नो देशको चासो दर्शाउने जनाइएको छ ।
      
    त्यसैगरी गत मार्च १२ मा भएको पहिलो भर्चुअल सम्मेलनका निर्णयहरुको कार्यान्वयनको अवस्थाका बारेमा समिक्षा पनि बैठकमा हुने जनाइएको छ । विश्वलाई नै प्रभावित पारेको कोरोनाभाइरसको महामारी, त्यसले पारेको प्रभाव र त्यसका लागि आफूहरुले गर्नुपर्ने योगदानका बारेमा पनि छलफल हुने समाचारमा जनाइएको छ । 

    साताको लोकप्रीय