काठमाडौँ / लोक सेवा आयोगले विभिन्न सेवा समूहअन्तर्गतको सञ्चालन गरिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ । आयोगले साउन १४ गते बिहीबार विभिन्न २० ओटा पदका लागि लिइएको परीक्षाको नजिता सार्वजनिक गरेको हो ।
लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारलाई आयोगले पासपोर्ट साइजको २ प्रति फोटो, आवश्यक न्यूनतम् योग्यता एकीन हुने प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र तृतीय पाना २/२ प्रति भरी सूचना प्रकाशिन भएको मितिले ७ दिनभित्र सम्पर्क गर्न आग्रह गरेको छ ।
हेर्नुस् सूचना