राजधानी काबुल र अन्तरराष्ट्रिय विमानस्थलमा ठूलो संख्याका मानिस अलपत्र

राजधानी काबुल र अन्तरराष्ट्रिय विमानस्थलमा ठूलो संख्याका मानिस अलपत्र

अर्थ डबली
बुधवार, भदौ २ २०७८
अर्थ डबली
बुधवार, भदौ २ २०७८ (अर्काइभ बाट)
  • राजधानी काबुल र अन्तरराष्ट्रिय विमानस्थलमा ठूलो संख्याका मानिस अलपत्र

    अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ ।
     
    उनीहरु आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलको वरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरु भागेर त्यहाँ आएका हुन् । 

    images
    images

    तालिबानले गत महिनादेखि अफगानिस्तानको हेरात, घाज्नी, लागोर, कन्दाहार आदि प्रान्त कब्जा गर्दै आएका हुन् । त्यस लगत्तै ती स्थानका नागरिक सुरक्षा खोज्दै काबुल आएका र अहिले पनि उनीहरु त्यहीँ रहेका छन् ।

    अफगानिस्तानमा रहेका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले सो कुरा बताएका छन् । उनीहरुले काबुलका विभिन्न खुल्ला क्षेत्र र विमानस्थलमा हजारौँ नागरिकको भीडभाड रहेको छ । 

    उता अफगानिस्तानको राजधानी काबुल नै तालिबानले कब्जा गरेपछि विदेशी नागरिक पनि आफ्नो देश फर्किन काबुलको विमानस्थलमा जम्मा भएका छन् । 

    आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन् । ती अफगान र विदेशी नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाइएको छ । 

    उनीहरुलाई आवश्यक पर्ने खाद्यान्न तथा बस्ने व्यवस्थाका लागि सो एजेन्सीले काम गरिरहेको सो एजेन्सीले जानकारी दिएको छ । 

    उपस्थित ठूलो संख्याका विदेशी नागरिक स्वदेश फर्किन चाहे पनि आवश्यक मात्रामा उडान नहुँदा समस्या भएको छ । 

    केही मात्रामा विदेशी नागरिकको संख्या घटेको भए पनि अझै धेरै मानिस त्यहाँ रहेका राजधानी काबुलबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।

    साताको लोकप्रीय