सांग्रिला डेभलपमेन्ट बैंकको ७ लाख ५० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

सांग्रिला डेभलपमेन्ट बैंकको ७ लाख ५० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

अर्थ डबली
सोमवार, भदौ २१ २०७८
अर्थ डबली
सोमवार, भदौ २१ २०७८ (अर्काइभ बाट)
  • सांग्रिला डेभलपमेन्ट बैंकको ७ लाख ५० हजार कित्ता ऋणपत्र नेप्सेमा  सूचीकृत

    काठमाडौँ / सांग्रिला डेभलपमेन्ट बैंकको डिवेन्चर २०८७ नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकरण गर्ने विषयमा सम्झौता भएको छ । 

    images
    images

    बैंकको ९ प्रतिशत ब्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर/ऋणपत्र सूचीकरण सम्बन्धमा बैंक र नेप्सेबीच आज सोमबार सम्झौता भएको हो । 

    सम्झौतासँगै बैंकले क्रम संख्या एकदेखि ७ लाख ५० हजारसम्मको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको ७ लाख ५० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकरण हुने भएको हो । 

    कम्पनीले सर्वसाधारण समक्ष बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडमार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि बिक्री खुला आह्वान गरेको थियो । 
    नेप्सेमा सूचीकरण सम्झौता सम्पन्न भएको भोलिपल्टबाटै कम्पनीको सो ऋणपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ । 

    साताको लोकप्रीय