Logo
शुक्रवार, कार्तिक ५ गते २०७८
images
कार्तिक ५ गते २०७८
images
images

रियलमी टेकलाइफ इको सिस्टम डीजोको ब्रान्ड नेपालमा, १९०० एमएएचको ब्याट्रीको साथ


२०७८ भाद्र, ३० बुधवार
  • 258
    SHARES

  • रियलमी टेकलाइफ इको सिस्टम डीजोको ब्रान्ड नेपालमा, १९०० एमएएचको ब्याट्रीको साथ

    काठमाडौं/  डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेड अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ ।

    images


    “डी–जो” भनेर उच्चारण गरिने यो नयाँ ब्रान्डको उद्देश्य भनेको प्राविधिक समानताको बाधाहरुलाई तोड्ने र सबै उपभोक्ताहरुको आवश्यकताहरुलाई मध्य नजर गरेर विभिन्न समाधानको समस्याहरुलाई हल  भएको बताएको छ । 

    आफ्ना उपभोक्ताहरुलाई “फरक हुन” र सामाजिक रूपबाट धेरै सक्रिय र अद्वितीय हुनको लागी आग्रह गदै, डीजोले उपभोक्ताको व्यक्तित्वको प्रशंसा गर्ने टेक्नोलोजीको प्रस्तुती दिएको छ जसले उपभोक्ताहरुलाई सशक्त बनाउँछ र उनीहरुको व्यक्तित्वको विस्तार हुन्छ । 

    डीजाकोे फिलोसोफी र अहिले सम्मको यात्रालाई स्मार्ट टेक लाइफद्वारा इन्हान्स्ड गरिएको छ । डीजोले सबैलाई आफुले बाँचा गरेको जीवनको आनन्द उठाउन सशक्त बनाउने लक्ष्य राखेको छ ।

    talk time.JPG
    डीजो रियलमीका साथ आफ्नो उपभोक्ताहरुको लागी ब्रान्डहरु मध्यको सबै भन्दा गुणस्तर उत्पादन ल्याउनेमा प्रतिबद्ध रहेको छ । वास्तवमा, डीजो रियलमी सपोर्टका साथ ३ वटा प्रमुख एस्पेक्टमा आउँदछ – औद्योगिक डिजाइन, सपोर्ट चेन र एआईओेटी एक्सपेरियन्स जुन रियल मी लिंक एप्लिकेसनसँग राम्ररी काम गर्दछ ।
    डीजोको फोकस भनेको एआईओेटी उत्पादनहरुको एक सम्पूर्ण रेन्जको एउटा पोर्टफोलियो बनाउनु हो जसलाई उपभोक्ताहरुले आफ्नो दैनिक जीवन शैलीमा उपयोग गर्न सक्छन् । 

    त्यो कुरालाई ध्यानमा राखेर, डीजोको चार वटा प्रमुख उत्पादनका श्रेणीहरु–स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिजहरु मा ध्यान केन्द्रित रहेको छ ।


    कम्पनीले डीजो ब्रान्ड फीचर फोनको मोडल स्टार ३०० पनि लन्च गरेको छ जसको डिजाइनमा प्रीमियम १.७७ इन्चको स्क्रिन डिस्प्ले, २५५० एमएएचको ब्याट्री जुन डुअल माइक्रो सिम सपोर्टका साथ उपलब्ध रहेको छ ।

     अर्को मोडल स्टार ५०० प्रीमियम डिजाइन२.८ इन्चको बिग स्क्रिन डिस्प्ले, १९०० एमएएचको ब्याट्रीको साथ उपलब्ध छ जसले दुईवटा सिमलाई सपोर्ट गर्दछ । एआईओटी गोपड्सका साथसाथै  गो पड्स डी र स्मार्ट घडी जसले दुवै एन्ड्रोइड र आईओएसलाई सपोर्ट गर्दछ यिनीहरु पनि उपलब्ध रहेका छन् । डीजो स्टार ३०० को मूल्य रु २०७८, डीजो स्टार ५०० को मूल्य  रु २८७८, गोपड्सको मूल्य रु ६०६९,गोपड्स डीको मूल्य रु २८९९ र स्मार्ट घडीको मूल्य रु  ६४६४ रहेको छ ।

    realme.JPG


    विशेषताहरु 
    – “बी डिफ्रेन्ट” ट्यागलाइनका साथ ग्लोबल ब्रान्ड डीजोले सबै ग्राहकहरुका लागि “स्मार्ट टेक लाइफ” ल्याउने वाचा गर्दछ


    – डीजोको चार वटा प्रमुख उत्पादनका श्रेणीहरु–स्मार्ट इन्टरटेन्मेन्ट, स्मार्ट होम, स्मार्ट केयर र एक्सेसरिजहरुमा ध्यान केन्द्रित रहेको छ

    – डीजो रियलमी सपोर्टका साथ ३ वटा प्रमुख एस्पेक्टमा आउँदछ – औद्योगिक डिजाइन, सपोर्ट चेन र एआईओेटी एक्सपेरियन्स जुन रियलमी लिंक एप्लिकेसनसँग राम्ररी काम गर्दछ 

     

    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images