एशिएन अफ्रिकन चेम्बर अफ कमर्शमा डा. पोखरेल, एशिया र अफ्रिकाका मुलुुकहरूमा व्यवसाय प्रवर्द्धन

एशिएन अफ्रिकन चेम्बर अफ कमर्शमा डा. पोखरेल, एशिया र अफ्रिकाका मुलुुकहरूमा व्यवसाय प्रवर्द्धन

अर्थ डबली
बुधवार, भाद्र ३० २०७८
अर्थ डबली
बुधवार, भाद्र ३० २०७८ (अर्काइभ बाट)
  • एशिएन अफ्रिकन चेम्बर अफ कमर्शमा डा. पोखरेल, एशिया र अफ्रिकाका मुलुुकहरूमा व्यवसाय प्रवर्द्धन

    काठमाडौँ / एशिएन अफ्रिकन चेम्बर अफ कमर्श एण्ड ईन्डस्ट्रिजको नेपाल चेप्टरमा वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा. शम्भु पोखरेल चयन भएका छन । 

    images
    images

    चेम्बरको सोमबार बसेको सञ्चालक समितिको बैठकले त्यस्तो निर्णय गरेको एशिएन अफ्रिकन चेम्बर अफ कमर्श एण्ड ईण्डस्ट्रिजले जनाएको छ । एसिया र अफ्रिकाका देशहरूको व्यवसायीहरु तथा व्यवसायिक एशोसिएसनहरू सदस्य रहेका सो चेम्बरको पहिलो पटक नेपाल चेप्टर सुरु भएको हो ।

    आफु नेपाल चेप्टरको अध्यक्ष भएपछि अब नेपाल र एसियाका अन्य मुलुकहरू र अफ्रिकाका मुलुकहरूमा व्यवसाय प्रवर्धनमा सहयोग पुग्ने अध्यक्ष डा. पोखरेलले बताएका छन् । 

    वल्र्ड ट्रेड ग्रुप अन्तर्गत नेपालमा बिजनेश टेलिभिजन, सिईओ क्लब, ब्ल्याकहोल आईटि सोलुसन, काठमाडौँ स्कुल अफ बैंकिङ एण्ड इन्युरेन्स लगायतका दर्जन बढी संस्थाहरु सञ्चालनमा रहेका छन् ।

    साताको लोकप्रीय