शेयर बजार : नेप्से परिसूचक ४०.२६ अङ्कले घटेको बजारमा ५ अर्बको कारोबार, कसले कति गुमाए ? 

शेयर बजार : नेप्से परिसूचक ४०.२६ अङ्कले घटेको बजारमा ५ अर्बको कारोबार, कसले कति गुमाए ? 

अर्थ डबली
बुधवार, भदौ ३० २०७८
अर्थ डबली
बुधवार, भदौ ३० २०७८ (अर्काइभ बाट)
  • शेयर बजार : नेप्से परिसूचक ४०.२६ अङ्कले घटेको बजारमा ५ अर्बको कारोबार, कसले कति गुमाए ? 

    काठमाडौँ / बुधबार नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । हिजो मंगलबार ०.६३ प्रतिशतले घटेको नेप्से परिसूचक आज बुधबार ४०.२६ अङ्क अर्थात १.३७ प्रतिशतले घटेर २ हजार ८८९.०३ बिन्दुमा झरेको छ । 

    images
    images

    नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । २२२ ओटा कम्पनीको ७५ हजार ८९५ पटकको व्यापारमा यो दिन एक करोड ५ लाख ५७ हजार ८६६ कित्ता शेयर अखरिदबिक्री भएको छ भने ५ अर्ब ३५ करोड ८० लाख ७ हजार रुपैयाँ मात्रैको कारोबार भएको छ । 

    मंगलवार भने ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ बराबरको शेयर खरीदविक्री भएको थियो ।

    बुधबार कारोबारमा आएका सबै समूहको परिसूचकमा रातो पोतिएको छ । जसम्ये सबैभन्दा बढी वित्त समूहका लगानीकर्ताहरूले २.९८ प्रतिशत होटल्स तथा पर्यटन समूहको २.२४ प्रतिशत, विकास बैंकको २.११ प्रतिशत, निर्जीबन बीमाको २.०५ प्रतिशतले घटेको छ ।

    यसैगरी अन्य समूहको १.१३ प्रतिशत, लघुवित्तको ०.९५ प्रतिशत, उत्पादन तथा प्रशोधनको १.०८ प्रतिशत, लगानी समूहको १.८४ प्रतिशत, जीवन बीमाको १.०७ प्रतिशत र बैंकिङ उपसमूहको परिसूचक १.०५ प्रतिशतले घटेको छ । 

    घटेको बजारमा यो दिन मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयमूल्य सर्वाधिक बढी ८.२३ प्रतिशतले बृद्धि भएको छ भने एनआइविएल समृद्धि फण्ड १ का लगानीकर्ताहरूले सर्वाधिक बढी ६.८८ प्रतिशतले गुमाएका छन् । त्यस्तै, हिमालयन उर्जा विकास कम्पनी र गोर्खाज फाइनान्सको शेयरमूल्य ५ प्रतिशतबढीले घटेको छ । 

    पूँजीका आधारमा बुधबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अग्र स्थानमा रहेको छ । सो कम्पनीको आजको शेयर कारोबार रकम २२ करोड १४ लाख ७० हजार रुपैयाँ रहेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको १७ करोड २ लाख ७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    साताको लोकप्रीय