एशियन लाईफ इन्स्योरेन्सद्वारा १ करोड ८४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

एशियन लाईफ इन्स्योरेन्सद्वारा १ करोड ८४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

अर्थ डबली
बुधवार, भाद्र ३० २०७८
अर्थ डबली
बुधवार, भाद्र ३० २०७८ (अर्काइभ बाट)
  • एशियन लाईफ इन्स्योरेन्सद्वारा १ करोड ८४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाण्डौं / एशियन लाईफ इन्स्योरेन्स कं.लि.ले बीमित गकुल महराको परिवारजनलाई रु. १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ ।
    बीमितको श्रीमति निर्मला विष्टलाई कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठले बुधबार कम्पनीको प्रधान कार्यालयमा एक कार्यक्रमबीच दाबी भुक्तानी वापतको चेक हस्तान्तरण गरेका हुन् । 

    images
    images

    कम्पनीका संचालकद्वय  सजल मास्के, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरेको हो । 

    चेक हस्तान्तरण कार्यक्रममा अध्यक्ष श्रेष्ठले विषम परिस्थितीमा जीवन बीमाले बिमितको आश्रित परिवारलाई ज्यादै महत्वपूर्ण सहयोग पु¥याउने धारणा व्यक्त गर्दै बीमितलाई छिटोछरितो जीवन बीमा सेवा र दाबी भुक्तानी दिने कार्यमा एशियन लाईफ इन्स्योरेन्स प्रतिबद्ध रहेको बताए ।

    स्वर्गिय महराले एशियन लाईफ इन्स्योरेन्स कम्पनीमा रु.७५ लाखको वार्षिक धनलाभ, रु.२५ लाखको दम्पत्ति सुरक्षा प्लस र रु.६ लाखको १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमा गराउनुभएको थियो । कूल बीमांक रकम रु.१ करोड ६ लाख रुपैयाँमा दुर्घटना मृत्यु लाभ र बोनश रकम समेत जम्मा रु.१ करोड ८४ लाख १४ हजार ५ सय ५८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरिएको हो ।


     स्वर्गिय महराले बीमाशुल्क वार्षिक धनलाभ जीवन बीमामा रु.६ लाख १५ हजार १ सय ८८, दम्पत्ति सुरक्षामा ५ लाख ९३ हजार ७ सय ४५ र अग्रिम भुक्तानी सावधिकमा रु.२ लाख ९४ हजार ९ सय ६ रुपैयाँ समेत गरी जम्मा रु.१५ लाख ३ हजार ८ सय ३९ बीमाशुल्क बापतको रकम यस कम्पनीमा जम्मा गरेका थिए । 


     सिन्धुपाल्चोकको मेलम्ची वडा नम्बर १० स्थायी घर भएका बीमित महराको ३३ वर्षको उमेरमा २०७८ जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

    साताको लोकप्रीय