अल् फर्दानबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउदा दिपक रामले जिते २ लाख रुपैयाँ

अल् फर्दानबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउदा दिपक रामले जिते २ लाख रुपैयाँ

अर्थ डबली
सोमवार, पुस १३ २०७७
अर्थ डबली
सोमवार, पुस १३ २०७७ (अर्काइभ बाट)
  • अल् फर्दानबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउदा दिपक रामले जिते २ लाख रुपैयाँ

    सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबई स्थित अल फर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको “दशैं तिहार बम्पर धमाका” अन्तर्गत दिपक राम टमाटाले रु. २ लाख जित्न सफल भएका छन् । 

    images
    images

    सो योजना अन्तर्गत दुबईको अल फर्दान एक्सचेन्ज बाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा दोस्रो बिजेता स्वरूप रु २ लाख जित्न सफल भएका हुन् ।

    यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिएको थियो जस अन्तर्गत सिटी एक्स्प्रेस बाट पैसा पठाएर ८ जनाले कलर टिभी, ४ जनाले माईक्रोवेभ ओभन, ४ जनाले ब्लेन्डर, ५ जनाले राईस् कूकर लगायत ६ जनाले ईलेक्ट्रीक केट्टल जस्ता घरेलु उपकरणहरु जित्न सफल भएका छन् । 

    सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

    आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

    साताको लोकप्रीय