सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नारी बचत खाताको सुरुवात, वार्षिक ५ प्रतिशत व्याजदर, लकर सुविधासहित

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नारी बचत खाताको सुरुवात, वार्षिक ५ प्रतिशत व्याजदर, लकर सुविधासहित

अर्थ डबली
आइतवार, फागुन २३ २०७७
अर्थ डबली
आइतवार, फागुन २३ २०७७ (अर्काइभ बाट)
  • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा नारी बचत खाताको सुरुवात, वार्षिक ५ प्रतिशत व्याजदर, लकर सुविधासहित

    काठमाडौं / सांग्रिला डेभलपमेन्ट बैंक लिमिडेटले नारी दिवसको अवसरमा आफ्नो नारी बचत खाताको सुरुवात गरेको छ । 

    images
    images

    बैंकले आफ्नो ग्राहकहरुको हितलाई मध्यनजर गर्दै  नारी बचत खाताको शुरुवात गरेको जनाएको छ । विशेष गरी १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी उच्चतम व्याजदरका साथै बचत गर्न प्रोत्साहित गरेको दावी छ । 

     यस खाता खोल्ने ग्राहकहरुलाई वार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी तथा लकर शुल्कमा पहिलो वर्षको लागि निशुल्क गरिएको छ । 

    यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ९५  वटै शाखाहरुबाट यस किसीमको वचत गर्न सकिने बैंकको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

     

    साताको लोकप्रीय