सांग्रिला डेभलपमेन्टद्वारा ७ लाख ५० हजार युनिट डिबेन्चर निकाल्ने तयारी, धितोपत्र बोर्डले दियो अनुमति

सांग्रिला डेभलपमेन्टद्वारा ७ लाख ५० हजार युनिट डिबेन्चर निकाल्ने तयारी, धितोपत्र बोर्डले दियो अनुमति

अर्थ डबली
बुधवार, बैशाख १५ २०७८
अर्थ डबली
बुधवार, बैशाख १५ २०७८ (अर्काइभ बाट)
  • सांग्रिला डेभलपमेन्टद्वारा ७ लाख ५० हजार युनिट डिबेन्चर निकाल्ने तयारी, धितोपत्र बोर्डले दियो अनुमति

    काठमाडौं/  नेपाल धितोपत्र बोर्डबाट सांग्रिला डेभलपमेन्ट बैंकलाई डिबेन्चर (ऋणपत्र) निष्काशनका लागि अनुमति मिलेको छ ।

    images
    images

    सांग्रिला डेभलपमेन्ट बैंकको १० वर्ष अवधिको रु.७५ करोड ऋणपूँजी रकम बराबरको ऋणपत्र निश्कासन गर्न लागेको हो । “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” लाई इकाई निश्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको जनाएको छ ।
     
    यससँगै बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) रु.१,०००/ अंकित मूल्यका ७ लाख ५० हजार युनिट डिवेञ्चर निश्कासनको तयारी गरेको छ ।

    बैंकले दिएको जानकारी अनुसार रु.७५ करोड बराबरको ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल रु.४५ करोड बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

    त्यस्तै, ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु.३० करोड बराबरको ऋणपत्र– सोमध्ये ५ प्रतिशत अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिने जनाएको छ ।
     
    ऋणपत्र बिक्री खुल्ला सम्बन्धी प्रक्रिया बैंकले जेठ महिनाभित्रमा अगाडि बढाउने छ । 
    बैंकको ऋणपत्र निश्कासनका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ । त्यस्तै, डिवेन्चर ट्रष्टिको रुपमा रहेको नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभुत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।

     
    मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएमबाट आफ्नो गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गरिरहेको बैंकको दावी छ । 

    साताको लोकप्रीय