फ्लोरिकल्चर एशोसिएसनमा नयाँ कार्यसमिति : अध्यक्षमा तामाङ निर्वाचित हुँदा महासचिवमा पोख्रेल निर्विरोध

फ्लोरिकल्चर एशोसिएसनमा नयाँ कार्यसमिति : अध्यक्षमा तामाङ निर्वाचित हुँदा महासचिवमा पोख्रेल निर्विरोध

अर्थ डबली
बिहिवार, भदौ ३१ २०७८
अर्थ डबली
बिहिवार, भदौ ३१ २०७८ (अर्काइभ बाट)
  • फ्लोरिकल्चर एशोसिएसनमा नयाँ कार्यसमिति : अध्यक्षमा तामाङ निर्वाचित हुँदा महासचिवमा पोख्रेल निर्विरोध

    काठमाडौँ / फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) २९ औँ बार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

    images
    images

    बुधबार राजधानीमा आयोजित औपचारिक कार्यक्रमबीच सम्पन्न साधारणसभाले आगामी तीन बर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । 

    सभाले पुष्प व्यवसायी मीन बहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । 

    तामाङले कुल १३१ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी रामजी प्रसाद तिमिल्सिनाले ५२ मत प्राप्त मात्रै प्राप्त गरेका थिए ।

    यसैगरी महासचिवमा विश्वमणी पोख्रेल र सचिवमा हिरामणी शर्मा लगायत निर्विरोध भएका छन् भने वरिष्ठ उपाध्यक्ष पदमा १३२ मतसहित शिवबहादुर खड्का विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रदिप खड्काले ४४ मत मात्रै प्राप्त गरेका थिए । 

    त्यसैगरी उपाध्यक्षमा सिताराम पन्त विजयी भएका छन् । उनले ९६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी महेन्द्रबहादुर सुवेदीले ७७ मत प्राप्त गरेका थिए । 

    त्यस्तै, कोषाध्यक्षमा प्रतिस्पर्धी सुशिल खड्कालाई एक पतले पछि पार्दै ८९ मत प्राप्त गर्दै रामबहादुर तामाङविजयी भएका छन्।

    अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि एक भन्दा बढी उम्मेदवारी परेपछि निर्वाचन गर्नुपरेको फ्यानले जनाएको छ  । 

    सो अवसरमा निर्वतमान कार्यसमितिका अध्यक्ष तथा सल्लाहकार कुमार कसजु श्रेष्ठले नयाँ कार्यसमितिले पुष्प क्षेत्रको विकास र पवर्द्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

    सो अवसरमा व्यवसायीहरुले कोरोनाभाइरसको कारण सबैभन्दा धेरै क्षति पुष्प क्षेत्रमा भएको र सरकारले पनि पुष्प व्यवसायीहरुका लागि कुनै नीति नियम नबनाएको भन्दै गुनासो व्यक्त गरेका छन् ।

    कोरोनाको दुई वर्षभित्र २५ प्रतिशत भन्दा धेरैले रोजगारी गुमाएको भन्दै व्यवसायीहरूले सरकारले पुष्प व्यवसायलाई कृषिमा राख्न माग गरेका छन् ।

    साताको लोकप्रीय