अर्थमन्त्री शर्मा र नाडा प्रतिनिधिबीच एसेम्बलमा वर्गीकरणदेखि अनाधिकृत आयात रोक्ने लगायतका विषयमा छलफल 

अर्थमन्त्री शर्मा र नाडा प्रतिनिधिबीच एसेम्बलमा वर्गीकरणदेखि अनाधिकृत आयात रोक्ने लगायतका विषयमा छलफल 

अर्थ डबली
बिहिवार, भदौ ३१ २०७८
अर्थ डबली
बिहिवार, भदौ ३१ २०७८ (अर्काइभ बाट)
  • अर्थमन्त्री शर्मा र नाडा प्रतिनिधिबीच एसेम्बलमा वर्गीकरणदेखि अनाधिकृत आयात रोक्ने लगायतका विषयमा छलफल 

    काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्मा र नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिबीच प्रतिस्थापन बजेटले अटोमोवाइलक्षेत्रमा पारेको प्रभाव बारे  छलफल छलफल भएको छ । 

    images
    images

    भदौ ३० गते भएको उक्त छलफलमा प्रतिस्थापन बजेटले एसेम्बलगरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२  ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिने कुरा सराहनीय भएको उपाध्यक्ष चौधरील बताए । 

    उनले एसेम्बल कति पाटर्समा आउनु पर्ने हो, कुन पार्टस एसम्बलिङ्ग हो, सरकारले त्यसको स्पष्ट वर्गीकरण गर्नुपर्नेसमेत बताएका छन् । 

    सो छलफलमा चौधरीले नेपालमा गुणस्तरिय लुव्रिकेण्टसको आयात र उत्पादनका लागि सरकारले सोही अनुरुप नीति ल्याउनु पर्ने आग्रह गर्दे सरकारले अनधिकृत स्पेयर पार्टसको आयात रोक्न आधिकारिक व्यवसायलाई प्रोत्साहित गर्नु पर्ने बताए । 

    उक्त छलफलमा चौधरीले नेपालको उद्योग व्यवसायको प्रवद्र्धनका लागि नीतिमा स्थिरता हुनु पर्ने भन्दै त्यस किसिमको नीति निर्माण गर्दा सरकारले नाडालाई पनि एउटा मुख्य स्टेकहोल्डरको रुपमा लिनु पर्ने बताए । 

    सो छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले नेपालमा १६० सिसिसम्मका मोटरसाइकलहरु दुई तिहाईको सख्यामा विक्री हुने बताए । 

    अहिलेको सेगमेण्ट परिवर्तनले मोटरसाइकल प्रयोगकर्ताहरूमा आर्थिक भार थपिन पुगेको मात्र नभई अलमलमा समेत पर्ने बताउदै सरकारले गरेको बर्तमान सेगमेण्टलाई पहिले कै अवस्थामा ल्याउँदा सवैलाई सहज हुने बताए । 

    त्यसैगरी सो छलफलमा दुगड ब्रदर्श एण्ड सन्सका प्रवन्ध निर्देशक विवेक दुगडले सरकारले २५० सिसि भन्दा माथीका मोटरसाइकललाई हेवि सवारी साधन मानेको तर नेपालको पहाडी धराटलिय अवस्थितिका कारण र पर्यटन प्रवद्धनका लागि उच्च सिसिका मोटरसाइकल आवश्यक पर्ने बतए । 

    सो छलफलमा माननीय अर्थ मन्त्री शर्माले सरकारले नेपालमा उद्योगको उत्थानका लागि उच्च प्राथमिकता दिएको बताउँदै सोही अनुरुपका नीतिहरु ल्याइएको बताए । 

    यसबाट थप रोजगारी रोजगारी मात्र सिर्जना हुने नभई दक्ष जनशक्ति पनि तयार हुने,  लगानी र उत्पादन पनि बढ्ने उनले दावी गरे । 
    उद्योग व्यवसायक्षेत्रकोे समस्या समाधानका लागि सरकारले कर पूनरावलोकन आयोग समेत गठन गर्न लागेको बताए।

    सरकारबाट कहाँ कहाँ कमजोरी भए त्यसको समाधान समेत गरिने अर्थमन्त्री शर्माको भनाई थियो । सो छलफलमा नाडाका सचिव अनुप बराल, केन्द्रीय कार्य समिति सदस्य दिपक अग्रवाल, एम ए डब्लु इण्टरप्राइजेज प्रा.लि.बाट राजु श्रेत्री, एस.एल.आर टेक्नो ट्रेड प्रा.लीबाट सुगम घिमिरे समेतको उपस्थिति रहेको थियो ।        

    साताको लोकप्रीय