आई पे रेमिटको तिज लक्षित टिकटक च्यालेन्जको बिजेता घोषणा, प्रत्यक्ष रूपमा ६२ जनाले पाए पुरस्कार 

आई पे रेमिटको तिज लक्षित टिकटक च्यालेन्जको बिजेता घोषणा, प्रत्यक्ष रूपमा ६२ जनाले पाए पुरस्कार 

अर्थ डबली
शुक्रवार, असोज १ २०७८
अर्थ डबली
शुक्रवार, असोज १ २०७८ (अर्काइभ बाट)
  • आई पे रेमिटको तिज लक्षित टिकटक च्यालेन्जको बिजेता घोषणा, प्रत्यक्ष रूपमा ६२ जनाले पाए पुरस्कार 

    काठमाडौँ / आई पे रेमिट प्रा.लि.ले हरितालिका तिजलाई लक्षित गरेर घोषणा गरेको टिकटक च्यालेन्जको बम्पर बिजेता घोषणा गरेको छ । 

    images
    images

    विगत ९ वर्ष देखि मलेशिया, जापान लगाएत विश्वका विभिन्न मुलुकबाट विप्रेषण भित्र्याइरहेको सो कम्पनीले तिजलाई लक्षित गरी टिकटक च्यालेन्ज अफर योजना ल्याएको थियो । फेसबुक लाइभमार्फत  आई पे रेमिट प्रा.लिका ब्राण्ड एम्बेण्डर वर्षा शिवाकोटीले लक्की ड्रमार्फत विजेता घोषणा गरेकी हुन् । 

    हरेक दिन ५ जनालाई ५०० टपअप तथा सर्वाधिक लाइक र भ्युजका आधारमा १ जनाले रु. १० हजार र बम्पर १ जनाले गरी ६२ जनाले प्रत्यक्ष रूपमा पुरस्कार हात पार्न सफल भए । 

    बम्पर विजेतामा रञ्जु देवकोटा विजेता बनेकी छन् भने सर्वाधिक लाइक र भ्युजका आधारमा अम्बिका भुषाल छनोट भएकी छन् । 

    सधैँ ग्राहकहरुको हितमा कार्य गरी अगाडी बढि रहेको आई पे रेमिटले समय सापेक्ष यस्तै थुप्रै योजनाहरु सार्वजनिक गरिसकको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिदैँ जाने कुरा आई पे रेमिट प्रा.लि का बजार प्रमुख रूप नारायण श्रेष्ठले जानकारी गराए । 

    साथै आई पे रेमिट प्रा.लि.ले छिटैँ दक्षिण कोरियाबाट पनि आफ्नो सेवा सुचारु रहने व्यहोरा जानकारी गराए । 

    साताको लोकप्रीय