अफगानिस्तान चलाउन तालिबानलाई समय दिनुपर्छ : पाकिस्तानी मन्त्री

अफगानिस्तान चलाउन तालिबानलाई समय दिनुपर्छ : पाकिस्तानी मन्त्री

अर्थ डबली
शुक्रवार, असोज १ २०७८
अर्थ डबली
शुक्रवार, असोज १ २०७८ (अर्काइभ बाट)
  • अफगानिस्तान चलाउन तालिबानलाई समय दिनुपर्छ : पाकिस्तानी मन्त्री

    पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले तालिबानलाई सरकार बनाउन र आफ्नो देशको मामिला चलाउन समय दिनुपर्ने बताएका छन् ।

    images
    images

    बिहीबार इस्लामाबादमा संयुक्त राष्ट्रसंघीय  शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटवार्तामा उनले यो टिप्पणी गरेको पाकिस्तानी दैनिक पत्रिका ‘डन’ ले जनाएको छ  । 

    सो भेटका क्रममा अफगान नागरिकहरुको मानवीय सहायतासम्बन्धी मामिला र अफगानिस्तानबाट विस्थापित हुन चाहेका व्यक्तिहरुको विषयमा छलफल भएको बताइएको छ ।

    तालिबानले गत साता अन्तरिम ‘इस्लामिक इमिरेट’ गठन गरी कट्टरपन्थीहरुलाई नयाँ सरकारमा नियुक्त गरेको थियो ।   यस सरकारले अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको बिरुद्ध २० वर्षको लडाइँको निरीक्षण गरेका थिए ।

    अफगानिस्तान तालिबानले कब्जा गर्दा इस्लामाबादको सहयोग रहेको धेरै विशेषज्ञहरुको भनाई रहेको बताइन्छ । यद्यपि अन्तर्राष्ट्रिय समूदायले अफगानिस्तानका लागि मानवीय सहायता बढाएका छन । तर उनीहरु तालिबान सरकारलाई मान्यता भने दिएका छैनन् । 

    ग्रान्डीले देशभित्र र विदेश पलायन भएका अफगानी शरणार्थीहरु को लागि ‘तत्काल र निरन्तर’ समर्थन को लागी यस हप्ताको सुरुमा अपिल गरेका छन् ।

    “अफगानिस्तानमा मानवीय स्थिति नाजुक छ ।” ग्रान्डीले अफगानिस्तानको तीन दिनै भ्रमणको समापनपछि बुधवार भनेका छन् । 

    विश्वव्यापी रूपमा प्रभाव पर्ने एक ठूलो मानवीय सङ्कटको रोकथाम गर्नको लागि अन्तर्राष्ट्रिय समुदायलाई  अफगानिस्तानसंग संलग्न हुनुपर्ने ग्रान्डीले बताएका छन् ।

    साताको लोकप्रीय