मुस्ताङमा सञ्चार सुविधा : अधिकांश भुभागमा टेलिकमको सेवा डाटा र फाइबरले इन्टरनेटमा सहजता

मुस्ताङमा सञ्चार सुविधा : अधिकांश भुभागमा टेलिकमको सेवा डाटा र फाइबरले इन्टरनेटमा सहजता

अर्थ डबली
शुक्रवार, असोज १ २०७८
अर्थ डबली
शुक्रवार, असोज १ २०७८ (अर्काइभ बाट)
  • मुस्ताङमा सञ्चार सुविधा : अधिकांश भुभागमा टेलिकमको सेवा डाटा र फाइबरले इन्टरनेटमा सहजता

    बागलुङ / गण्डकी प्रदेशको मुस्ताङ जिल्ला पर्यटकीय तथा धार्मिक महत्वको पहिचान बोकेको ठाउँ हो । त्यहाँ अनगिन्ती पर्यटकीय तथा धार्मिक गन्तव्यहरु छन् । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण मुस्ताङ त्यहाँ पुग्दा जो कसैलाई स्वर्गको टुक्रा जस्तै अनुभुति हुने गर्दछ ।

    images
    images

    समुन्द्री सतह देखि २८०० मिटर उचाई देखि ४६०० मिटर सम्म अवस्थित यस जिल्लामा सञ्चारको समेत सुविधा पुगेको छ ।

    नेपाल टेलिकमले त्यहाँका स्थानिय बासिन्दा, त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर टेलिकमको भ्वाईस तथा डाटा सर्भिस उपलब्ध गराएको छ ।

    वि.सं २०६०/०६१ तिर टेलिकमले जिल्लाका केहि स्थानमा भि स्याट प्रविधिको टुजी मोवाईल सेवा पुराएको थियो । उक्त प्रविधि मार्फत सिमित मानिसले भ्वाईस सेवा उपयोग गर्न पाएका थिए । 

    सिमित कल सुविधा रहेको उक्त सेवालाई टेलिकमले वि। सं २०७४/०७५ साल देखि विस्थापन गरि अहिले जिल्लाका अधिकांश भुभागमा माईक्रोवेभ रेडियो लिङ्क मार्फत अत्याधुनिक प्रविधिको सेवा प्रवाह गरिरहेको नेपाल टेलिकमका वरिष्ठ ईन्जिनियर तथा बागलुङका कार्यालय प्रमुख केशव शर्माले जानकारी दिए ।

    'भौगोलिक विकटता, सडकको पहुँच नहुँदा नहुँदै निकै मेहनत र परिश्रमका साथ अग्ला डाँडाहरुमा रिपिटर टावर रेडियो लिङ्क निर्माण गरि प्राविधिक हिसाबले उपयुक्त पर्ने स्थानमा बिटियस टावर स्थापना गरेर सेवा दिईरहेका छौं ।' प्रमुख शर्माले भनें ।

    सुरुमा हामीले टुजी सेवा मार्फत भ्वाईस सेवा उपलब्ध गराएका थियौं अहिले क्रमश त्यि बिटियस टावरहरु मार्फत पहिला उच्च गतिको डाटा सर्भिस थ्रिजी र त्यसपश्चात फोरजी मार्फत उच्च गतिको ईन्टरनेट र भ्वाईस सेवा उपलब्ध गराएको शर्माले बताए ।

    रिपिटर टावर र बिटियस टावर निर्माणका सुरुवाती दिनहरुमा टावर निर्माण गर्ने डाँडाहरुमा विद्युत सेवा पुगेको थिएन त्यतिबेला देखि नै अहिलेसम्म अधिकांश टावरहरु सोलार सेट मार्फत सञ्चालनमा रहेको नेपाल टेलिकम मुस्ताङका कार्यालय प्रमुख सुमनराम श्रेष्ठले जानकारी दिए ।

    सडक देखि ३र४ घण्टाको उकालो घोडेटो र गोरेटो बाटोमा मानिस, घोडा, खच्चड मार्फत टेलिकमले उपकरणहरु त्यहाँ पुराएको थियो 
    स्थानिय जनप्रतिनिधी, समाजसेवी र स्थानियबासीले निकै उत्साहजनक सहभागिता जनाउँदै टेलिकमलाई सेवा सञ्चालनमा निरन्तर सहयोग गर्दै आईरहेको लोघेकेर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले बताए ।

    मुस्ताङ जिल्लामा मध्यान्ह देखि निकै हावा चल्ने गर्दछ अग्ला स्थान, डाँडाकाँडामा हावा चल्दा टावरमा चढेर काम गर्न निकै कठिन हुने गरेता पनि टेलिकमले निरन्तर सेवा प्रदान गरेकोमा आफुहरु खुसी रहेको अध्यक्ष विष्टको भनाई छ ।

    भौगोलिक अवस्थालाई मध्यनजर गरेर टेलिकमले संरचना निर्माण गर्दा निकै मेहनत र परिश्रम गरेर कार्य सम्पादन गरेता पनि त्यहाँ चल्ने तेज हावाहुरीले कतिपय समयमा विभिन्न टावरमा रहेका रेडियो लिङ्क एन्टेना र सोलार सेटहरु उडाईदिने, सामाग्री अर्को तर्फ फर्काईदिने गर्दा सेवा प्रवाहमा समेत समस्या सिर्जना गर्ने गरेको छ ।

    यद्यपी टेलिकमले टावरहरुमा बलियो संरचना निर्माण गरि आफनो सेवा प्रवाहलाई निरन्तरता भनें दिईरहेको छ । टेलिकमले जिल्ला स्थित स्थानिय तह सँगको समन्वय र सहकार्यमा अहिले सम्भव हुने रिपिटर र बिटियस टावरमा केन्द्रिय विद्युत लाईन विस्तार कार्यलाई तिव्रताका साथ अगाडि बढाएको छ ।

    धौलागिरीका अन्य जिल्लाको तुलनामा यस जिल्लामा जनसंख्या निकै न्यून छ । सदरमुकाम जोमसोम बजारमा जनघनत्व अलि बढि रहेपनि अन्य गाउँपालिकामा भनें बस्ती निकै पातलो रहेको छ ।

    टेलिकमले दुरदराजमा रहेका स-साना बस्तीहरुलाई समेत सञ्चार सेवाबाट वञ्चित हुन नदिन सोहि स्थानको अग्ला डाँडामा टावर निर्माण गरेर सेवा उपलब्ध गराएको छ । हिमाल पारीको जिल्लामा टेलिकमको भ्वाईस र उच्च गतिको ईन्टरनेट डाटा सर्भिस उपयोग गर्न पाउँदा गाउँले र आफु हर्षित भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका गाउँ कार्यपालिका सदस्य धम्जुघुटी गुरुङले बताईन ।

    जनघनत्व कम भएको यस जिल्लामा आर्थिक रुपले भन्दा पनि यहाँका नागरिकलाई राज्य र टेलिकमको सञ्चार सेवा उपलब्ध गराउने लक्ष्य अनुरुप गृहकार्य भईरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमले गुणस्तरिय भ्वाईस तथा ९ईन्टरनेट० डाटा सर्भिस उपलब्ध गराउने उद्येश्यले म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार देखि मुस्ताङको सदरमुकाम जोसमसोम हुँदै प्रसिद्व धार्मिक तथा पर्यटकीय गन्तव्य मुक्तिनाथ मन्दिरसम्म फाईबर लाईन समेत बिछ्याएको छ ।

    अहिले चिबाङ, छेयरो, मार्फा, स्याङ, जोमसोम बजार, ठिमी, कैस्याङ क्याम्प, ढाल्के, कागबेनी, खिंगा, झारकोट, रानीपौवा बजार र मुक्तिनाथ मन्दिरमा फाईबर टु द होम मार्फत उच्च गतिको ईन्टरनेट वाईफाई सेवा समेत उपलब्ध छ । फाईबर तार मार्फत सेवा प्रवाह हुँदा टेलिकमको नमस्ते मोवाईलमा गुणस्तरिय भ्वाईस र डाटा सर्भिस उपलब्ध हुने गरेको छ ।

    बेलाबेलामा पोखरा बागलुङ, बागलुङ बेनी र बेनी जोमसोम सडक खण्डमा सडक निर्माणको क्रममा र बाढी पहिरो आउँदा फाईबर चुँडिने गर्दा सेवा अवरुद्व हुनुका साथै प्रभावित हुने गरेको छ । त्यस्ता समस्याले टेलिकमलाई सेवा प्रवाहमा समस्या उत्पन्न गर्ने गरेता पनि टेलिकमले फाईबरमा समस्या नआओस भन्ने हेतुले प्राविधिक टोलीलाई समेत स्टन्ड बाई राखेर सेवा उपलब्ध गराईरहेको जनाएको छ ।

    फाईबरमा समस्या आउँदाको बखत आफनो सेवालाई पुर्ण रुपमा बन्द हुन नदिन जिएसएम सेवाको भ्वाईस सर्भिस मात्र वैकल्पिक रेडियो लिङ्क मार्फत सेवा दिने गरेको छ । उक्त सेवा थप प्रभावकारी बनाउन बागलुङ देखि पोखरासम्मका रेडियो लिङ्क स्तरोन्नति गर्नको लागि गृहकार्य भईरहेको टेलिकमले जानकारी दिएको छ । भौगोलिक विकटता, न्यून श्रोत साधनलाई उपयोग गर्दै जतिसक्दो छिटो सेवा दिन आफुहरु निरन्तर लागिपरेको टेलिकमले जनाएको छ ।

    हिमाली जिल्ला मुस्ताङ धेरै उचाईमा रहेकोले कात्तिक देखि नै जाडो सुरु हुने हुँदा भारी हिमपात हुने र टेलिकमको सेवालाई वातावरणिय प्रभावका कारण अवरुद्व हुन नदिन टेलिकमले रिपिटर टावरहरु रेखदेख तथा मर्मत एवं हिउँ सफा गर्न कामदार समेत खटाएको छ ।

    टेलिकमले अहिले जिल्लाको घासा, मार्फा, जोमसोम बजार, कागबेनी, स्याङबोचे, घमी, चराङ लोमानथाङ हुँदै नेपाल चीन सिमा कोराला नाका नजिकको छोसेर डाँडाबाट २५ मिटर अग्लो बिटियस टावर र पक्की संरचना निर्माण गरि आफनो सेवा प्रवाह गरिरहेको छ ।
    थम्मन थापा 

    साताको लोकप्रीय