एमएसएमई एवं स्टार्ट अप उद्यम परियोजनामा आधारित धितो कर्जालाई प्राथमिकता दिनुपर्ने 

एमएसएमई एवं स्टार्ट अप उद्यम परियोजनामा आधारित धितो कर्जालाई प्राथमिकता दिनुपर्ने 

अर्थ डबली
शुक्रवार, असोज १ २०७८
अर्थ डबली
शुक्रवार, असोज १ २०७८ (अर्काइभ बाट)
  • एमएसएमई एवं स्टार्ट अप उद्यम परियोजनामा आधारित धितो कर्जालाई प्राथमिकता दिनुपर्ने 

    काठमाडौँ / नेपाल उद्योग वाणिज्य महासंघले परियोजना धितो कर्जालाई प्राथमिकतामा राख्न नेपाल राष्ट्र बैंकसमक्ष आग्रह गरेको छ । 

    images
    images

    महासंघका अध्यक्ष शेखर गोल्छाले बिहीबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सम्भाव्यता अध्ययनको प्रतिवेदन पेश गर्दै यस्तो आग्रह गरेका हुन् । 

    कोभिड १९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसंगै साना मझौला उद्यम (एमएसएमई) र स्टार्ट अपको विस्तारका लागि पनि केहि ठोस काम गर्नुपर्ने आवश्यकताको आधारमा महासंघले सम्भाव्यता अध्ययन गरेको छ । महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित कर्जा प्रवाह गर्नु पर्ने धारणा राख्दै आएको थियो ।
     
    एमएसएमईहरुलाई परियोजना धितोको आधारमा कर्जा लगानी गर्दा वित्तीय संस्थाहरुलाई हुन सक्ने लगानी जोखिम न्यूनीकरण गर्ने सम्भावित संयन्त्रसहित केही महत्वपूर्ण सुझावहरु प्रतिवेदनमार्फत दिइएको छ ।
     
    उक्त अध्ययन प्रतिवेदनमार्फत एमएसएमई एवं स्टार्ट अपलाई पूंजी उपलब्ध गराउन कुल लगानीको १० प्रतिशत परियोजना धितोमा कर्जा प्रवाह गरिनु पर्ने, परियोजनाको मूल्याङकनको ६० प्रतिशत कर्जा उपलब्ध गराउन सकिने सुुझाव दिइएको छ । 

    त्यस्तै, निश्चित सीमासम्मको कर्जाको प्रत्याभूति संयन्त्र र बीमा विस्तार गर्दै जोखिम न्यूनीकरण संयन्त्र लागू गर्न बैंकहरूको क्षमता विकास गर्नुपर्ने प्रतिवेदनमा औल्याइएको छ ।  

    बैंकलाई हुने जोखिम न्यूनीकरण तथा परियोजना व्यवस्थापनका लागि विकास साझेदारहरूबाट उपलब्ध कोष एकद्वार प्रणालीमार्फत परिचालन हुनुपर्ने र कर्जा सुरक्षण निगममार्फत कर्जा बीमा सेवाको विस्तार गर्न सकिने सुुझाव प्रतिवेदनको 
    छ ।   

    हालैका वर्षहरूमा परियोजनामा आधारित कर्जा लगानी सरकारको पनि प्राथमिकतामा परेको छ । सरकारको बजेटले पनि परियोजनामा आधारित ऋण लगानी अन्तर्गत स्टार्टअपहरुलाई कर्जा प्रदान गर्ने घोषणा गरेको छ । मौद्रिक नीतिमा पनि यसको व्यवस्था गरिएको छ । 

    सहुलियतपूर्ण कर्जा अन्तर्गत नौ प्रकारका कर्जालाई परियोजनामा आधारित भएर ऋण दिने गरिएको छ । तर स्पष्ट बुझाईको अभाव र कानुनी अस्पष्टताका कारण बैंक र वित्तीय संस्थाहरुले जग्गा र भवन जस्ता चल सम्पत्ति बाहेक अन्य धितो राखेर ऋण दिन हिच्किचाईरहेका छन् । तोकिएको थोरै रकमको यस्तो कर्जा प्रवाह हुने गरेको छ । परियोजनाकै आधारमा कर्जा दिने बिषय भने अभैm कार्यान्वयनमा आउन सकेको छैन ।

    एमएसएमईलाई विनाधितो परियोजनामा आधारित कर्जा प्रवाह भएमा नवप्रवर्तन र उद्यमशीलता विकासमा यसले महत्वपूर्ण भूमिका खेल्ने छ । एमएसएमईले रोजगारी सिर्जनामा एवम् हाम्रो जस्ता देशमा सामाजिक द्वन्द्वको अन्त्य र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास महासंघको छ । 

    उक्त प्रतिवेदन हस्तान्तरण गर्नुहुंदै महासंघका अध्यक्ष गोल्छाले प्रतिवेदनको प्राथमिकताका साथ कार्यान्वयनका लागि आग्रह गरे । प्रतिवदेनले औल्याएको सुुझावहरुको कार्यान्वयन पश्चात निकै ठूलो संख्यामा एमएसएमईहरु लाभान्वित हुने र त्यसबाट मुुलुुकको अर्थतन्त्रले समेत गति लिने धारणा उनले राखे । 

    प्रतिवेदन बुुझ्दै गर्भनर अधिकारीले महासंघले पेश गरेको एमएसएमई एवं स्टार्ट अप उद्यम परियोजना धितो कर्जा प्रतिवेदन अध्ययन गरी प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए । 

    अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा महासंघका उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुुन्तलाल हिराचन, निमित्त महानिर्देशक गोकर्ण अवस्थी सहभागी थिए । सम्भाव्यता अध्ययन अन्तराष्ट्रिय श्रम सङ्गठन, नेपाल कार्यालय र यूके एडको सहयोगमा गरिएको हो ।

     

    साताको लोकप्रीय