अफगानिस्तानसम्वन्धी विवाद कारण नेदरल्याण्डका रक्षा मन्त्रीद्वारा राजीनामा 

अफगानिस्तानसम्वन्धी विवाद कारण नेदरल्याण्डका रक्षा मन्त्रीद्वारा राजीनामा 

अर्थ डबली
शुक्रवार, असोज १ २०७८
अर्थ डबली
शुक्रवार, असोज १ २०७८ (अर्काइभ बाट)
  • अफगानिस्तानसम्वन्धी विवाद कारण नेदरल्याण्डका रक्षा मन्त्रीद्वारा राजीनामा 

    द हेग / नेदरल्याण्डका रक्षामन्त्री याङ्क बिलेभेल्डले शुक्रबार मन्त्री पदबाट राजीनामा दिएका छन् । अफगानिस्तानमा उत्पन्न संकटबारेमा गर्ने व्यवहारका सम्वन्धमा भएको विवादका कारण उनले राजीनामा दिएका हुन् ।

    images
    images

    उनले राजीनामा दिएपछि खाली भएको रक्षा मन्त्रालयको जिम्मेवारी विदेश मन्त्रीलाई दिइएको छ । विवाद भएपनि रक्षा मन्त्री बिलेभेल्डले राजीनामा दिन अस्वीकार गर्दै आएका थिए। तर संसदले समेत उनको आलोचना गर्दै औपचारिक रूपमै राजीनामाका लागि दवाव दिएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।

    “मैले मेरो पार्टी र प्रधानमन्त्रीलाई मैले राजीनामा दिएको बारेमा जानकारी गराएको छु, राजीनामा स्वीकृत गरिदिनुहुनु राजालाई अनुरोध गरेको छु,” बिलेभेल्डले भने।  

    अफगानिस्तानबाट विस्थापित भएका व्यक्तिहरूलाई व्यवस्थापन गर्ने बारेमा विवाद भएकाले आफुले राजीनामा दिनु परेको र आफ्नो मतप्रति आफु अझै पनि अडिग नै रहेको उनले जानकारी दिए ।

    यसअघि यही विषयमा भएको विवादका कारण विदेशमन्त्री सिग्रिड काङले पनि बिहीबार राजीनामा दिएका हुन्। उनलाई पनि राजीनामा दिन संसदले आदेश दिएको थियो । 

    साताको लोकप्रीय