पूर्वी चीनको यान्ताईले विश्व औद्योगिक डिजाइन सम्मेलनको आयोजना गर्ने

पूर्वी चीनको यान्ताईले विश्व औद्योगिक डिजाइन सम्मेलनको आयोजना गर्ने

अर्थ डबली
शुक्रवार, असोज १ २०७८
अर्थ डबली
शुक्रवार, असोज १ २०७८ (अर्काइभ बाट)
  • पूर्वी चीनको यान्ताईले विश्व औद्योगिक डिजाइन सम्मेलनको आयोजना गर्ने

    बेइजिङ / विश्व औद्योगिक डिजाइन सम्मेलन पूर्वी चीनको सान्डोङ प्रान्तको तटीय शहर यान्ताईमा अक्टोबर २२ देखि २४ सम्म आयोजना हुने भएको छ।

    images
    images

    आयोजकले शुक्रबार दिएको जानकारी अनुसार,  यस वर्षको सम्मेलन मुख्यतः बौद्धिक उत्पादनहरू र डिजाइन निर्माणमा केन्द्रित हुनेछ। प्रदर्शनी  अनलाइन र अफलाइन दुवै माध्यमद्वारा सञ्जालन हुने आयोजकले जनाएका छन् । 

    करीब १,००० नयाँ डिजाइन र नवप्रवर्तन उद्यमशीलताका विषयमा स्वदेश तथा विदेशबाट उद्यमीहरूले सहभागीता जनाउने अपेक्षा गरिएको छ। ती प्रदर्शनीहरूमा एयरोस्पेस, स्मार्ट कार, इन्टिलिजेन्ट रोबोर्ट लगायतका क्षेत्र र विषय समेटिने छन् । 

    यस किसिमको सम्मेलन २०१६ देखि हालसम्म चार पटक आयोजना गरिएको छ जसमा ४६ देशहरूले सहभागीता जनाएका छन् ।उद्योग तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारी वाङपेङका अनुसार सम्मेलन थुप्रै उद्योगी, व्यवसायी र डिजाइनरहरूका बीच प्रतिभा र सहयोग को आदान-प्रदान गर्ने एक मञ्चको रूपमा आकर्षित गर्न सफल भएको छ।

    साताको लोकप्रीय