असोज ४ गतेसम्म देशको कुन भूभागमा कति बर्षा होला ? हेर्नुस् मौसमविद्को पूर्वानुमान  

असोज ४ गतेसम्म देशको कुन भूभागमा कति बर्षा होला ? हेर्नुस् मौसमविद्को पूर्वानुमान  

अर्थ डबली
शनिवार, असोज २ २०७८
अर्थ डबली
शनिवार, असोज २ २०७८ (अर्काइभ बाट)
  • असोज ४ गतेसम्म देशको कुन भूभागमा कति बर्षा होला ? हेर्नुस् मौसमविद्को पूर्वानुमान  

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।

    images
    images

    जसअनुसार देशभर आंशिक देखि सामान्य बदली सहित बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक(दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

    आगामी तीन दिनको मौसम पूर्वानुमान

    २०७८ आश्विन २ गते (शनिबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

     २०७८ आश्विन ३ गते (आइतबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     राती : देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशहरूका थोरै स्थानहरुमा र अन्य प्रदेशहरूका एक/दुई स्थानहरूमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।

    २०७८ आश्विन ४ गते (सोमबार)

    दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    राती : देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशहरूका थोरै स्थानहरुमा र अन्य प्रदेशहरूका एकदुई स्थानहरूमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेको छ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले  उक्त स्थानहरुका पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अपनाउन महासंघले आग्रह गरेको छ । 

    साताको लोकप्रीय