आँधीका कारण जापानका ४९ उडान रद्ध, कम्तीमा पाँच घाइते 

आँधीका कारण जापानका ४९ उडान रद्ध, कम्तीमा पाँच घाइते 

अर्थ डबली
शनिवार, असोज २ २०७८
अर्थ डबली
शनिवार, असोज २ २०७८ (अर्काइभ बाट)
  • आँधीका कारण जापानका ४९ उडान रद्ध, कम्तीमा पाँच घाइते 

    टोकियो / आँधीका कारण जापानमा ४९ उडान रद्ध भएका छन् ।  चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएको जनाइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन् । 

    images
    images

    जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान रद्ध भएको स्थानीय सञ्चार माध्यमहरूले शनिबार समाचार सम्प्रेषण गरेका छन् ।

    आँधीले नागासाकी, फुकुओका, सागा लगायतका क्षेत्रमा असर पारेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । आँधी प्रति सेकेण्ड ३० मीटरको गतिमा आएको थियो ।  जापानमा आँधी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण बर्षेनी धनजनको  ठूलो क्षति हुने गरेको छ। 

    साताको लोकप्रीय