Logo
बिहिवार, कार्तिक ४ गते २०७८
images
कार्तिक ४ गते २०७८
images
images

आइक्यानको अध्यक्षमा युद्धराज ओली निर्विरोध, अन्य सदस्यहरूमा कोको भए निर्वाचित ?


२०७८ आश्विन, २ शनिवार
  • 403
    SHARES

  • आइक्यानको अध्यक्षमा युद्धराज ओली निर्विरोध, अन्य सदस्यहरूमा कोको भए निर्वाचित ?

    काठमाडौँ / नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल ‘आइक्यान’ को अध्यक्षमा सीए युद्धराज ओली निर्विरोध निर्वाचित भएका हुन् । आइक्यानले लेखा व्यवसायको नियमन, शिक्षा तथा प्रवद्र्धनको काम गर्दै आएको छ ।  

    images

    महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले ओलीलाई शुक्रबार पद तथा गोपनीयताको सपथ गराए । परिषद्का उपाध्यक्ष तथा अन्य सदस्यले पनि सपथ लिएका थिए । कूल १७ सदस्यीय परिषद्मा हाल  १४ सदस्य निर्वाचित भइसकेका छन् भने महालेखा परीक्षकको सिफारिसमा नेपाल सरकारले तीन सदस्य मनोनीत गर्न बाँकी छ । 
     
    नवौँ परिषद्को पहिलो कार्यकालका लागि उपाध्यक्षमा भाष्करसिंह लाला निर्वाचित भएका छन् भने सदस्यमा चार्टर्ड एकाउन्टेन्टकोतर्फबाट सन्तोष काफ्ले, क्षेत्रगोपाल प्रधान, सुजनकुमार काफ्ले, सुरेन्द्र श्रेष्ठ, रामचन्द्र खनाल, सुजन श्रेष्ठ, पियुष आनन्द र प्रविणकुमार झा निर्वाचित भएका छन् । 

    अध्यक्ष र उपाध्यक्ष पनि यही वर्गबाट परिषद् सदस्य भएका थिए । आइक्यान ऐनअनुसार परिषद् सदस्यबाट अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन्छ । 
     
    चार परिषद् सदस्य हुने दर्तावाला लेखापरीक्षकमध्येबाट पोषराज नेपाल, भोलानाथ पाठक, शङ्कर ज्ञवाली र केशबहादुर केसी पनि सदस्यमा निर्वाचित भएका हुन् ।

    अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्रमा संरचनागत परिवर्तनको आवश्यकता भएकाले सोहीअनुरुप सरकारले काम गर्न लागेको बताए । 

    यसका लागि आइक्यान जस्तो संस्थाले संस्थागतरूपमै पनि सहयोग गर्नसक्ने तथा दक्ष जनशक्तिका माध्यमबाट सरकारको योजनलाई सहयोग पु¥याउने उनको भनाइ थियो । 

    महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले नयाँ नेतृत्वले लेखा व्यवसयालई अझै मर्यादित र प्रतिस्पर्धी बनाउनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए । 

    नवनिर्वाचित अध्यक्ष ओलीले पछिल्लो समय सूचना प्रविधिको उपयोगबाट लेखापरीक्षण व्यवसायमा व्यापक परिवर्तन आएकाले हामीले पनि यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए। 

    पूर्व अध्यक्ष मदनकृष्ण श्रेष्ठले आफ्नो नेतृत्वमा रहेको आइक्यानले कोरोना महामारीकै बेला पेशागत हकहितको सुरक्षा र प्रवद्र्धनलगायत काम गरेको बताए । 

    यो पनि पढ्नुहोस

    images
    images

    सम्बन्धित समाचार

    images
    images
    images

    ताजा अपडेट

    images
    images
    images
    images
    images

    धेरै पढिएको

    images