सिटिजन्स बैंक इन्टरनेसनलले लाभांश वितरण गर्ने, नगद र बोनस लाभांश कति ? 

सिटिजन्स बैंक इन्टरनेसनलले लाभांश वितरण गर्ने, नगद र बोनस लाभांश कति ? 

अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७
अर्थ डबली
सोमवार, कार्तिक ३ २०७७ (अर्काइभ बाट)
  • सिटिजन्स बैंक इन्टरनेसनलले लाभांश वितरण गर्ने, नगद र बोनस लाभांश कति ? 

    काठमाडौँ  / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वोनस शेयर तथा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    images
    images

    कम्पनीले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    कम्पनीको सञ्चालक समितिको सोमवार बसेको ३४५औँ वैठकले लाभांश  प्रस्ताव गरेको बताइएको छ। 

    सिटिजन्स बैंक इन्टरनेशनले गत असार मसान्तसम्म कायम चुक्तापूँजीको ७.७० प्रतिशत बोनस शेयर तथा ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    कम्पनीको चुक्ता पुँजी ९ अर्ब ८ करोड ९८ लाख १७ हजार रुपैयाँ बराबर रहेको छ भने ६९ करोड ९९ लाख १५ हजार ९३१.३१ बोनश शेयर र २९ करोड ९९ लाख ६३ हजार ९७०.५६ नगद लाभांश वितरण गरिने कम्पनीले नेप्सेमार्फत जारी गरेको सूचनामा उल्लेख छ । 

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ । 

    citizen bank.JPG

    साताको लोकप्रीय