संवैधानिक व्यवस्था प्रतिकूल भएको कांग्रेसको निष्कर्ष

संवैधानिक व्यवस्था प्रतिकूल भएको कांग्रेसको निष्कर्ष

अर्थ डबली
आइतवार, पौष ५ २०७७
अर्थ डबली
आइतवार, पौष ५ २०७७ (अर्काइभ बाट)
  • संवैधानिक व्यवस्था प्रतिकूल भएको कांग्रेसको निष्कर्ष

    काठमाडौँ / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रिपरिषद्बाट आज प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने गरी भएको सिफारिस र राष्ट्रपतिबाट उक्त सिफारिस स्वीकृत भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images

    कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं पूर्वपदाधिकारीहरुको आज बसेको बैठकले उक्त घटना लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल भएको निष्कर्ष निकालेको छ ।

    बैठकले सरकारले गरेको यो निर्णयले मुलुकलाई अस्थिरतातर्फ लैजाने निष्कर्ष निकालेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।    
         
    बैठकले वर्तमान असहज परिस्थितिमा नेपाली जनतासामु नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्याउन आफ्ना सबै प्रयत्न केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए । 

    कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा संसद्मा क्रियाशील अन्य राजनीतिक दलहरुसँग समन्वय र सल्लाह गरी लोकतान्त्रिक पद्दतिको संरक्षणका लागि कार्य गर्ने निर्णय गरेको छ ।     

    साताको लोकप्रीय