नेप्से परिसूचकमा २.३९ अंकको गिरावट, कारोबार एक अर्ब ७५ करोडमै सीमित

नेप्से परिसूचकमा २.३९ अंकको गिरावट, कारोबार एक अर्ब ७५ करोडमै सीमित

अर्थ डबली
बुधवार, कार्तिक १९ २०७७
अर्थ डबली
बुधवार, कार्तिक १९ २०७७ (अर्काइभ बाट)
  • नेप्से परिसूचकमा २.३९ अंकको गिरावट, कारोबार एक अर्ब ७५ करोडमै सीमित

    काठमाडौँ / बुधबार नेप्से परिसूचकमा २.३९ अंकको गिरावट आएको छ । ०.१५ प्रतिशतले घटेको बजार एक हजार ६४०.६४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ०.११ प्रतिशतले घटेर ३२६.५० बिन्दुमा झरेको छ । 

    images
    images

    यो दिन २०२ ओटा कम्पनीको २४ हजार ८२ पटकको व्यापारमा ५६ लाख ३१ हजार ६०४ कित्ता शेयर खरिदबिक्री भएका छन् भने एक अर्ब ७५ करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अ

    घिल्लो कारोबार दिन मंगलबार सामान्य बढेको बजारमा २ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको थियो ।

    बजार बढेपछि लगानीकर्ताहरु नाफा सुरक्षित गर्न लाग्दा आज परिसूचकमा गिरावट आएको हुनसक्ने विश्लेषकहरुको भनाई छ । 
    आज कारोबारमा आएका ५ समूहको परिसूचकमा बृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको देखिन्छ ।

    यसदिन सबैभन्दा बढी व्यापार समूहको परिसूचक २.०७ प्रतिशतले बढेको छ भने अन्य समूहको परिसूचक ०.५० प्रतिशत, होटल समूहको ०.२७ प्रतिशत, हाइड्रोपावर समूहको ०.११ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक ०.०७ प्रतिशतले बढेको छ । 

    त्यस्तै, निर्जीबन बीमा समूहको परिसूचक सबैभन्दा बढी १.७ प्रतिशत, विकास बैंक समूहको ०.५४ प्रतिशत, वित्त समूहको ०.३३ प्रतिशत, बैंकिङ समूहको ०.२३ प्रतिशत, लघुवित्त समूहको ०.१४ प्रतिशत र जीवन बीमा समूहको ०.१३ प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा कम ०.११ अंकले गिरावट आएको नेप्सेको आँकडामा उल्लेख छ । 

     बुधबार विशाल बजार कम्पनी लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ । उक्त कम्पनीको शेयरमूल्यमा १० प्रतिशत अर्थात प्रतिकित्ता २३४ रुपैयाँले बढेर अन्तिम मूल्य २ हजार ५७५ रुपैयाँ पुगेको छ । 

    त्यस्तै, आजैबाट कारोबारमा आएको सानिमा जनरल इन्स्योरेन्सको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३१ रुपैयाँका दरले बढेर अन्तिम मूल्य ३४२ रुपैयाँ कायम भएको हो ।


    यसअघिको कारोबार दिनमा बढेको शिव श्री हाइड्रो पावरको शेयरमूल्य आज सर्वाधिक घटेको छ । उक्त कम्पनीको शेयरमूल्य ५.१७ प्रतिशतले घटेको हो । त्यस्तै, कामना सेवा विकास बैंकका लगानीकर्ताहरुले पनि ३.७८ प्रतिशतले गुमाएका छन् । 

    बुधबार प्राइम कमर्शियल बैंकको कारोबार रकम सर्वाधिक छ । उक्त कम्पनीको आजको कारोबार रकम ९ करोड ५ लाख ३३ हजार रुपैयाँ रहेको छ । 

    त्यस्तै, अरुण कावेली पावरको कारोबार रकम ८ करोड २४ लाख ६५  हजार रुपैयाँ, नेपाल दुरसञ्चार कम्पनीको ७ करोड ५७ लाख ४७  हजार रुपैयाँ, अपि पावर कम्पनीको ५ करोड ११ लाख ६१  हजार रुपैयाँ र गुरासँ लाइफ इन्स्योरेन्सको ४ करोड ९० लाख २३  हजार रुपैयाँ रहेको छ । 

    साताको लोकप्रीय