प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : ‘कसले माग्यो तपाईंको राजीनामा ?’

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : ‘कसले माग्यो तपाईंको राजीनामा ?’

अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७
अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७ (अर्काइभ बाट)
  • प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न : ‘कसले माग्यो तपाईंको राजीनामा ?’

    काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवादले कु रुप लिने भने अझै अनिश्चित बनेको छ ।

    images
    images

    कार्यकारी अध्यक्ष प्रचण्डसँगको संवादमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टीमा उठेका विषयहरुबारे बैठक राखेर समाधान खोज्न तयार नभएका हुन् । 

    विहिबार ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्ड र ओलीबीच कुनै ठोस सहमति हुन सकेन ।

    स्रोतका अनुसार भेटमा प्रचण्डले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिबारे चासो राखेका थिए ।

    भेटवार्तामा प्रचण्डले प्रधानमन्त्री ओलीले बुधबार आफ्नो राजीनामा मागिएकाबारे दिएको अभिव्यक्ति के हो ? भनेर प्रश्न गरेका थिए ।  
    प्रधानमन्त्री ओलीले बुधबार एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका थिए । प्रचण्डले कसले राजीनामा मागेको हो भनेका सोधेका थिए ।

    एक नम्बर प्रदेशका नेताहरुलाई जुम भेलामा ओलीले जवजलाई अघि बढाउन दिएको निर्देशनप्रति पनि भेटमा प्रचण्डले आपत्ति जनाएका थिए । 

    यस्ता छलफलभन्दा पार्टीको बैठक बोलाउनुपर्ने बताएका छन् । सचिवालय बैठक बसेर छलफल गर्नुपर्ने उनको जोड थियो । प्रचण्डले आफ्ना कुरा राखेपनि ओलीले भने कुनै जवाफ नदिएको ओलीनिकट श्रोतले जनाएको छ । 

    जवाफमा प्रधानमन्त्री ओलीले तपाईंहरुले पनि यस्ता छलफल गर्नु भएकै छ भनेका थिए । पार्टीको बैठक बोलाउन विषयमा दुई अध्यक्षबीच सहमति हुन नसकेको स्रोतको दाबी छ ।े

    साताको लोकप्रीय