सिटिजन्स बैंकको लाभांश संशोधन, अब नगद र लाभांश कति ? 

सिटिजन्स बैंकको लाभांश संशोधन, अब नगद र लाभांश कति ? 

अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७
अर्थ डबली
बिहिवार, कार्तिक २० २०७७ (अर्काइभ बाट)
  • सिटिजन्स बैंकको लाभांश संशोधन, अब नगद र लाभांश कति ? 

    काठमाडौँ / सिटीजन्स बैंक इन्टरनेसनलले प्रस्तावित लाभांश संशोधन गरेको छ । 

    images
    images

    कम्पनीको यही कार्तिक १७ गते बसेको सञ्चालक समितिको ३४६औँ बैठकले आर्थिक बर्ष २०७६/०७७ को वितरणयोग्य मुनाफाबाट वितरण गरिने भनेको प्रस्तािवत लाभांश संशोधन गरेको हो । 

    बैठकले २०७७ असार मसान्तसम्मको चुक्ता पूँजी ९ अर्ब ८ करो ९८ लाख १७ हजार २९० को ८ प्रतिशतले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३८३.१८ रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै, ३ प्रतिशतका दरले हुन आउने २७ करोड २६ लाख ९४ हजार ५१८.६९ नगद लाभांश गरी कूल ११ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

    कम्पनीले यसअघि ७.७० प्रतिशत बोनस शेयर र ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

    प्रस्तावित लाभांश  नेपाल राष्ट्र बैंकबाट स्वीकृती भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन्। 

    citizen.JPG

    साताको लोकप्रीय