कोरोना सङ्क्रमणको फैलावट उच्च

कोरोना सङ्क्रमणको फैलावट उच्च

अर्थ डबली
बिहिवार, बैशाख १६ २०७८
अर्थ डबली
बिहिवार, बैशाख १६ २०७८ (अर्काइभ बाट)
  • कोरोना सङ्क्रमणको फैलावट उच्च

    केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ । सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै थप सचेत हुन आह्वान गरेका छन् ।

    images
    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बुधबार पुष्टि भएको सङ्ख्या अप्रत्यासित हो । बुधबार देशभर थप चार हजार ८९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

    मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गर्दा चार हजार ७७४ जना र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा १२३ जना गरी थप चार हजार ८९७ जनामा कोरोना पुष्टि भएको हो ।

    यसअघि एक दिनमा पाँच हजार जना सङ्क्रमित भएका थिए । पहिलो लहरको कोरोना सङ्क्रमणमा विस्तारै बढेर पाँच हजारको सङ्ख्या छोएको थियो । अहिलेको सङ्ख्या केही दिनमै ह्वात्तै बढेको छ ।

    अहिलेको सङ्ख्या वृद्धिले डराउनुपर्ने अवस्था आइसकेको बताउँदै सहप्रवक्ता डा. अधिकारीले भन्नुभयो, “कतै आईसीयू, भेन्टिलेटर र आइसोलेसन खाली छैनन् । यही अनुपातमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाने हो भने अवस्था थप जटिल हुने निश्चित छ ।”

    आजको गोरखापत्र दैनिकमा ढुङ्गेलसरोज ढुङ्गेलले यो समाचार लेखेका छन् ।

    साताको लोकप्रीय