अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह

अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह

अर्थ डबली
आइतवार, असोज ३ २०७८
अर्थ डबली
आइतवार, असोज ३ २०७८ (अर्काइभ बाट)
  • अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह

    संयुक्त राष्ट्रसंघ / चिनियाँ दूतले अफगानिस्तानलाई सहयोग गर्न विश्व समूदायसँग आग्रह गरेका छन् । 

    images
    images

    उनले भनेका छन् “आफ्नो चाहना र मोडेलमा नै सहयोग गरौँ तर अहिले अफगानिस्तानलाई सहयोग गर्न आवश्यक छ।” 

    हाल अफगानिस्तानलाई मानवीय सहयताको खाँचो रहेकोले सहयोग गर्नुपर्ने उउनले बताए ।

    अफगानिस्तानको क्षेत्रीय अखण्डता र उनीहरुको स्वतन्त्रताको सम्मान गर्दै सबै विदेशी समूदायले सहयोग पु¥याउनु पर्ने उनको धारणा थियो । 

    संयुक्त राष्ट्रसंघका लागि चिनियाँ उप प्रमुख स्थायी प्रतिनिधि दाइ बिङले सो धारणा राखेका हुन् ।

    उनले अहिले पनि अफगानिस्तान अन्तर्राष्ट्रिय आतंकवादीहरु जम्मा हुने ठाउँ बन्ने खतरा रहेको भन्दै अफगानिस्तानलाई यस्तो ठाउँ हुन दिनबाट बचाउन र त्यहाँका नागरिकलाई सहयोग गर्नका लागि विश्व समुदायलाई आग्रह गरेका हुन् ।

    अहिले पनि अफगानिस्तानमा सहयोग र मानवीय सहायताका कार्यक्रमहरु लिएर जानुपर्ने उनले बताएका छन् ।

    साताको लोकप्रीय