बिहान ढिलासम्म सुत्नु अति खतरनाक !,  नाफाको जिन्दगी बचाउनुस् यस्ता रोगहरुबाट 

बिहान ढिलासम्म सुत्नु अति खतरनाक !,  नाफाको जिन्दगी बचाउनुस् यस्ता रोगहरुबाट 

अर्थ डबली
आइतवार, आश्विन ३ २०७८
अर्थ डबली
आइतवार, आश्विन ३ २०७८ (अर्काइभ बाट)
  • बिहान ढिलासम्म सुत्नु अति खतरनाक !,  नाफाको जिन्दगी बचाउनुस् यस्ता रोगहरुबाट 

    तपाईलाई ओछ्यानमा विहानभर सुतिरहनु आनन्द लाग्न सक्छ, तर, त्यहि बानी आफ्नो जिवनको खतरनाक हुन सक्छ । 
    प्राकृतिक दृष्टिले सूर्यसँगै सुत्ने र सूर्यसँगै उठ्नु प्राकृतिक मानिन्छ ।

    images
    images

    आधुनिक समयका हामी आफूले सुत्न नजानेरै आफ्नो जिवनका सुन्दर समय छोटो पारिरहेका हुन्छौं । दिनभरिको तनाव थकाई र  चिन्तनलाई सुत्ने बाहनामा विहानसम्म बानी राख्नु अति नै डरलाग्दो खतरानाक छ । 

    सुत्दा दिमाग तिखो हुन्छ भने शरिरमा दिनभरी काम गर्नका लागि ऊर्जावान् राख्छ । पर्याप्त निन्द्राले मोटोपना, मधुमेह, हृदय रोग र समयपूर्व मृत्युको सम्भावना निकै कम हुन्छ । 

    ठीक समय सुत्नु ठीक समय उठ्नु प्राकृतिक हुन्छ जसले जीवन स्वस्थ र सुन्दर बनाउँछ । कम सुत्दा शरिर र दिमागमा नकारात्मक असर पर्ने विज्ञहरु बताउँछन्  । 

    धेरै सुत्नुका बेफाइदाहरु धेरै छन् जसले शरिरलाई हानी मात्रै गर्दैन जीवनको आयु नै छोटो बनाउँछ । यसैले आजैदेखि ध्यान दिऔं । 

    १) मोटोपना बढ्नेछः  तौल बढाउने छ ।

    धेरै सुत्नेको एउटा नकारात्मक कारक भनेको मोटोपना बढ्नु हो । धेरै समयसम्म सुत्नुका बिचमा मोटोपना बढ्नुको सम्बन्ध छ ।  यदि तपाईं लामो समयसम्म सुत्नुहुन्छ भने तपाईंको शरिर रेस्ट मोडमा हुन्छ । 

    कम शारिरिक गतिविधीको अर्थ तपाईंको शरिरको क्यालोरी कम बर्न हुनु जसले तौल बढाउने कार्य गर्दछ । एक अध्ययनका अनुसार धेरैबेरसम्म सुत्ने मानिसहरु मनोवैज्ञानिक रोगी र उच्च बडी मास इन्डेक्सले ग्रस्त हुन्छन् । यसैले यो बानी छ भने छाडील्नुस् । 

    pampha bhusal.JPG

    २) डिप्रेशन हुनुः रिसाहा हुँदै जानु

    अल्छी गरि विहानसम्म सुत्दा अर्को ठूलो बेफाइदा छ । जसले तपाईको समय मात्रै खादैन । रिसाहा बनाउँदै लग्छ । धेरै बेरसम्म सुत्दा दिमागमा डोपामाइन र सेरोटोनिनको स्तर कम हुन्छ । यसले तपाईंको मूडलाई परिवर्तन गरिरहन्छ र दिनदिनै तपाईं रिसाहा हुनुहुनेछ ।

    ३) मुटुरोगः मुटुमा गहिरो असर

    मुटाु मानिसको मूख्य अंग हो । जसले तपाईको जीवन चलायमान बनाइरहेको हुन्छ । तपाईं जति ढिलासम्म सुत्नुहुन्छ त्यसको सिधा असर मुटुमा पर्ने गर्दछ । यसले मुटुरोग हुने खतरा अत्यधिक हुन्छ ।

    ४) ढाड दुख्नेः  पिडा बढ्नेः 

    जब हामी अबेरसम्म सुत्छौं तब हाम्रो ढाड दुख्ने समस्या बढ्दै जान्छ । धेरै बेरसम्म सुत्दा हाम्रो पिठ्युँ जकडिएको हुन्छ जसका कारण पीडा हुन्छ । जसले दीर्घकालसम्म असर गर्दछ । 

    धेरै बेरसम्म सुत्दा शरिरमा रक्तसंचार सही तरिकाले हुन पाउँदैन त्यसकारण चाँडोभन्दा चाँडो बेड छोड्नु नै उचित हुन्छ ।

    ५) स्मरण शक्ति कम हुनुः दिमागमा असर

    धेरैबेरसम्म सुत्दा यसको गहिरो असर हाम्रो दिमागमा सिधा पर्दछ । जसले हाम्रो क्रियटिभी घटाउँदै लग्छ । यसले हाम्रो स्मरण शक्ति कमजोर हुन थाल्छ । कार्यको नतिजा कम आउँछ । 

    ६) मधुमेहको खतराः सुगरको स्तर बढाउने

    अत्यधिक निन्द्राले शरिरमा सुगरको स्तरलाई बढाउने काम गर्दछ । सुगर बढ्दै जाँदा केके हुन्छ यहाँलाई थाहै छ ।  त्यसकारण अत्यधिक निन्द्राले तपाईंलाई टाइप टु मधुमेहको खतरा बढाउँछ ।

    pampha bhusal.JPG

    ७) कब्जियतको समस्याः 

    जो मानिस धेरैबेरसम्म सुत्छ उनीहरुलाई कब्जियतको समस्या हुन्छ । पेट ठिक राख्नका लागि आफ्नो शरिरलाई चलाइराख्नुपर्छ । सुत्ने बानीलाई सुधार्नुपर्दछ । 

    ८) अकाल मृत्यु 

    धेरै बेरसम्म सुत्दा तपाईंको अकाल मृत्यु पनि हुनसक्छ । यो कुरा अनुसन्धानमा पुष्टि भइसकेको छ । कम सुत्ने मानिसहरुभन्दा धेरै सुत्ने मानिसहरुको चाँडै मृत्यु हुन्छ । ८ घण्टाको निन्द्रा हरेक मानिसका लागि पर्याप्त छ ।

    ९) टाउको दुखाई

    धेरै बेरसम्म सुत्दा उपहारमा तपाईंले टाउको दुखाई पाउनुहुनेछ । यो दिमागमा न्यूरोट्रान्समिटरमा उतारचढावको कारण हुनसक्छ जसमा निन्द्राको क्रममा सिरोटोनिन बढाउन सक्छ र यसले टाउको दुख्ने समस्या निम्त्याउँछ ।

    १०) मस्तिष्कलाई बुढो बनाउँछ

    अत्यधिक सुत्दा तपाईंको मस्तिष्कलाई शक्ति प्रभावित हुनसक्ट किनभने यो मस्तिष्कको उमेरको हिसाबले तीब्र रुपमा बुढो बनाउने गर्दछ ।

    विभिन्न एजेन्सीको सहयोगमा : 

    साताको लोकप्रीय