कसरी पानी पिउदा हाम्रो शरीरलाई पुग्छ फाइदा ? यस्तो छ पानी पिउने तरिका 

कसरी पानी पिउदा हाम्रो शरीरलाई पुग्छ फाइदा ? यस्तो छ पानी पिउने तरिका 

अर्थ डबली
बिहिवार, माघ २० २०७८
अर्थ डबली
बिहिवार, माघ २० २०७८ (अर्काइभ बाट)
  • कसरी पानी पिउदा हाम्रो शरीरलाई पुग्छ फाइदा ? यस्तो छ पानी पिउने तरिका 

    पानी जीवनको लागि अत्यावश्यक ची हो । आयुवर्दे र योगमा पानीलाई भोजनभन्दा महत्वपूर्ण मानिन्छ ।

    images
    images

    हाम्रो शरीर करिब ६० देखि ७० प्रतिशत पानीले बनेको हुन्छ । शरीरमा हरेक दिन ६ देखि १० गिलासम्मपानीको आवश्यकता पर्दछ । पानीलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । तर तपाई थाहा छ ? पानी पिउने तरिका थाहा नपाउदा यसले हानी पनि पुर्याउन सक्छ ।

    water drinking.JPG 

    पानी पिउदा स्वास्थ्यलाई फाइदा पुगोस् भन्नका लागि पनि केहि कुराहरु तथा बानी व्यवहारहरु सुधार्न सके धेरै फाइदाकारी हुन्छ ।

    हामी धेरै जसोको बानी हुन्छ कम पानी पिउने । त्यसै गरि केहिको बानी हुन्छ, दिनभरमा निकै पानी पिउने । तर के हामीले पिएको पानीले हाम्रो स्वास्थ्यमा फाइदा पुर्याएको छ त ? कसरी पानी पिउदा स्वास्थ्यमा फाइदा पुग्छ ?

    water drinking.JPG

    एकैचोटी धेरै पानी पिउने गर्नुहुँदैन । यसले शरीरमा पाचन प्रक्रियामा खराबी आउन सक्छ ।

    खाना खाएलगत्तै वा खाना खानु केही समय अगाडि पानी पिउनु हुँदैन । यसले शरीरको पाचनरसलाई असर गर्छ र जसकारण कब्जियत तथा अपच जस्ता समस्या देखिन्छ । यसका लागि खाना खाएको दुई घण्टापछि पानी पिउन स्वास्थ्यका लागि राम्रो मानिन्छ । 

    दिनभरीमा कम्तिमा ३ लिटर पानी पिउनुहोस् ।

    बिहान बासी मुखमा मन तातो पानी सक्दो धेरै पिउनुहोस् ।

    बिहान शौचालय जानुअघि पानी पिउनु स्वास्थ्यका लागि राम्रो मानिन्छ । धेरै चिसो पानी शरीरमा पच्न गाह्रो हुन्छ त्यसैले मनतातो पानी राम्रो मानिन्छ । 

    पानी एकै पल्ट धेरै घटघटी कहिलै नपिउनुहोस् । बरु चिया पिए जस्तो गरेर सिप लिदै पिउँनुहोस् ।

    प्यास लाग्यो भन्दैमा हतारिदै पानी पिउनु हुँदैन । उभिएर कहिलै पनि पानी पिउनुहुदैन । यसले घुँडामा समस्या हुन्छ । 

    water drinking.JPG

    चिसो र असाध्यै तातो पानी कहिलै नपिउँनुहोस् । सँधै मनतातो पानी पिउँनुहोस् ।

    घामबाट र शौचालयबाट फर्के लगत्तै पानी पिउनु पनि स्वास्थ्यकालागि खराब मानिन्छ । 

    खाली पेटमा प्यास लागेमा केही चिज खाएपछि मात्रै पानी पिउनु उपयुक्त मानिन्छ । 

    सुत्नु भन्दा अगाडी १ गिलास मनतातो पानी पिउनुहोस् ।

    राति निन्द्राबाट उठेर एक्कासी पानी पिउदा ज्वरो आउने सम्भावना हुन्छ । 

    पानी पिएलगत्तै दौडिने वा खेल्ने गर्नुहुँदैन । 

    पानी पिउदा निकै तनावमा पिउनु राम्रो मानिदैन, शान्त भएर पानी पिउनु नै राम्रो हुन्छ । 
    पानी पिउदा कहिले पनि सुतेर पिउनु हुँदैन । र अध्याँरो समयमा पानी पिउनु हुँदैन ।

    पानी पिएपछि पहिलो सास नाकबाट नभई मुखबाट छोड्नु उपयुक्त हुन्छ । 

    साताको लोकप्रीय