महालक्ष्मी लाइफले सुरु गर्यो ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान , २० लाख बजेट विनियोजन

महालक्ष्मी लाइफले सुरु गर्यो ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान , २० लाख बजेट विनियोजन

अर्थ डबली
सोमवार, असोज ४ २०७८
अर्थ डबली
सोमवार, असोज ४ २०७८ (अर्काइभ बाट)
  • महालक्ष्मी लाइफले सुरु गर्यो ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान ,  २० लाख बजेट विनियोजन

    काठमाडौँ / महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान सुरु गरेको छ । 

    images
    images

    कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेलमा असोज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे सो कार्यक्रमको उद्घाटन गरेको हो । 

    सम्मेलनमा मेचि देखि महाकालीसम्मका ९० भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो। 

    आ.व. २०७८/०७९ भित्र यो कार्यक्रम सञ्चालन गर्न महालक्ष्मी लाईफको सञ्चालक समितिले रु. २० लाख बजेट विनियोजन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बताए । 

    उनका अनुसार ‘काम गरी आय आर्जन गरौं – बीमा गरी सुरक्षित बनौं’ भन्ने मूल नारालाई लिएर बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम मार्फत युवा माझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रूपमा सक्रिय पार्ने लक्ष्य रहेको छ। 

    मुलुकमा शिक्षा, स्वास्थ्य र बृद्ध अवस्थाको ग्यारेन्टी सरकारले गर्न सकिरहेको छैन। अर्को तिर देशमा स्वरोजगारीका प्रसस्त अवसर हुँदा पनि युवा वर्ग कामको खोजीमा विदेश पलायन भइरहेका छन्। 

    यस्तो विषम परिस्थितिमा उपलब्ध कामको अवसर र बीमाको महत्व बारेमा युवाहरुलाई जानकारी गराउने र उनीहरु मार्फत समाजमा बीमा प्रति जागरण ल्याउने गरी सम्मेलनले कार्यक्रम तर्जुमा गरेको बताइएको छ। 

    दुई दिने उक्त सम्मेलनमा महालक्ष्मी लाईफका सञ्चालक तथा एम्विसन कलेजका प्रमुख शुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई तथा स्वास्थ्य बीमा वोर्डका कार्यकारी निर्देशक, बीमा विज्ञ डा. दामोदर बस्यौलाले सहमागीहरूलाई प्रशिक्षण दिएका थिए । 

    बीमा जागरण राष्ट्रिय अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा देशभरीका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रिय कमिटि गठन गरिएको छ। 

    जिल्ला स्तरमा पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित जिल्लामा कार्यरत कर्मचारी र अभिकर्तालाई समावेश गरी २०७८ पुस मसान्तभित्र जिल्ला जागरण अभियान समिति गठन गरिने कार्यक्रम रहेको कम्पनीले जानकारी दिएको छ। 

     

    साताको लोकप्रीय