काठमाडौँ / नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (आइक्यान)ले नवनिर्वाचित आइक्यान पार्सदहरूलाई एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
आइक्यानका नवनिर्वाचित पार्सदहरूलाई तथा संविधान दिवस २०७८को अवसरमा राष्ट्रपतिबाट विभुषण प्राप्त गरेका सदस्यहरूलाई संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मान पत्र तथा खादा ओढाएर सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पूर्व अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका पुर्व अध्यक्ष, नेपाल अडिटर एसोसिएसनका अध्यक्ष, लेखामान बोर्डका अध्यक्ष, लेखापरीक्षक बोर्डका अध्यक्ष, पार्सद, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका कार्यसमिति सदस्य, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्य, नेपाल अडिटर एसोसियसन सदस्य लगायत चार्टर्ड एकाउन्टेन्टेस् क्षेत्र सम्बद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्षले ICAN, ACAN, AUDAN, ASB / AUSB सबै संस्थाहरूको प्रत्यक्ष–परोक्ष उद्देश्य लेखा व्यवसायको प्रर्वद्धन, सम्र्बधन र विकास रहेकोले एकअर्काका परिपूरक तथा साझेदारको रूपमा कार्य गर्नुपर्ने बताएका थिए ।
सम्मान कार्यक्रममा बोल्दै नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका नबनिर्वाचित अध्यक्ष युद्धराज ओलिले चार्टर्ड एकाउन्टेन्ट्सबीचको सहकार्यले समग्र पेशाको स्थायित्व कायम गर्न सहयोग गर्ने विचार प्रकट गरे ।
कार्यक्रममा नेपाल अडिटर एशोसिएसनका अध्यक्ष मोहन राज रेग्मी, लेखामान बोर्डका अध्यक्ष महेश खनाल, लेखापरीक्षक बोर्डका अध्यक्ष अनुप कुमार श्रेष्ठले विचार राखेका थिए ।
कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवा पदकद्वारा विभुषित भएका संघ तथा संस्थाका पूर्व अध्यक्ष नारायण बजाज (हाल देश बाहिर रहेका), आजिवन सदस्य तथा राष्ट्रिय सहकारी बंैकका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईंलाई सम्मान गरिएको थियो ।