पूर्वप्रधानमन्त्री भट्टराईप्रति डा.सूर्यराज आचार्यको कडा टिप्पणीः जहाज हाँक्ने कप्तान बिक्रम ट्याम्पो धकेल्नमा ब्यस्त...!

पूर्वप्रधानमन्त्री भट्टराईप्रति डा.सूर्यराज आचार्यको कडा टिप्पणीः जहाज हाँक्ने कप्तान बिक्रम ट्याम्पो धकेल्नमा ब्यस्त...!

अर्थ डबली
सोमवार, असोज ४ २०७८
अर्थ डबली
सोमवार, असोज ४ २०७८ (अर्काइभ बाट)
  • पूर्वप्रधानमन्त्री भट्टराईप्रति डा.सूर्यराज आचार्यको  कडा टिप्पणीः जहाज हाँक्ने कप्तान बिक्रम ट्याम्पो धकेल्नमा ब्यस्त...!

    काठमाडौं /  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को  विषयलाई लिएर पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि लक्षित गर्दै लेखक तथा पूर्वधार विज्ञ डा.सूर्यराज आचार्यले कडा टिप्पणी राखेका छन् ।

    images
    images

    डा. आचार्यले आफ्नो सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै नेपालको आर्थिक विकासको जहाज हाँक्ने कप्तानको रूपमा आम नेपालीले भरोसा गरेका डा. बाबुराम भट्टराई आजकल एमसिसिको पंचर भएको ‘बिक्रम ट्याम्पो’ धकेल्नमा ब्यस्त रहेको लेखेका छन् ।

    यस्तो विषय मुलुकका लागि बिडम्बना भएको बताउँदै डा. भट्टराईप्रति कडा ब्यङ्ग्य गरे । 

    पूर्वप्रधानमन्त्री डा. भट्टराईले कंगाल ‘राष्ट्रवाद’ हैन समृद्ध ‘देशभक्ति’ को पक्षपोषण गर्न आग्रह गर्दै एमसिसि पास गर्नुपर्ने तर्क राखेका छन् । उनले मडारिदो नयॉ शितयुद्दको भुमरीबाट बचेर स्वाधीन,अन्तर्निर्भर, समृद्ध नेपाल निर्माणका लागि आग्रह गर्दै अमेरिकी सहयोग लिनुपर्ने विषय अघि सारेका छन् । 

    तर, यता पूर्वाधार विज्ञ डा. आचार्यले वैदेशिक अनुदान कहिल्यै पनि फ्रि नहुने बताउँदै कुनैपनि सम्झौता राष्ट्रहितमा हुनुपर्ने कुरमा जोड दिदै आएका छन् । 

    भोलि मुलुक गलपासोमा पर्न सक्नेतर्फ संकेत गर्दै आचार्यले एमसीसीमा भएका गलत प्रावधानहरु सच्याउनै पर्नेतर्फ जोड गरेका छन् । 

     

     

    साताको लोकप्रीय