कर्पोरेट ब्रान्डिङका आइकन गिरी नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित

कर्पोरेट ब्रान्डिङका आइकन गिरी नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित

अर्थ डबली
सोमवार, असोज ४ २०७८
अर्थ डबली
सोमवार, असोज ४ २०७८ (अर्काइभ बाट)
  • कर्पोरेट ब्रान्डिङका आइकन गिरी नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित

    काठमाडौँ / कर्पोरेट ब्रान्डिङका आइकन मेघेन्द्र प्रकाश गिरी नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१द्वारा सम्मानित भएका छन् ।

    images
    images

    सिजन मिडियाले आफ्नो १३ औं स्थापनाका साथै संविधान दिवस २०७८ को अवसर पारेर आयोजना गरेको विशेष कार्यक्रममा गिरीलाई सम्मानित गरेको हो । 

    लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजिक विशेष कार्यक्रममा सिजन मिडियाले नेपालका विभिन्न क्षेत्रमा विशेष योगदान गर्नेहरूलाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१ प्रदान गरेको हो । 

    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त अवार्ड तथा सम्मान मेघेन्द्र प्रकाश गिरीलाई प्रदान गरेका थिए । 

    कम्युनिकेसन एण्ड ब्राण्डिङ क्षेत्रमा गिरीले गरेको विशेष योगदानलाई उच्च कदर गर्दै सो सम्मान गरिएको सिजन मिडियाले जनाएको छ । 

    बर्दिया गृहजिल्ला भएका गिरीले एमविए तथा अन्तराष्ट्रिय अर्थशास्त्र विषयमा एमएसम्मको अध्ययन पुरा गरेका छन् । 

    गिरीले एफएमसिजि, बहुराष्ट्रिय कम्पनी, मिडिया, बैंक र बीमाको क्षेत्रमा ब्रान्डिङ तथा मार्केटिङमा विशेष प्रभाव छोडेका छन् । 

    उनले पशुपति पेन्ट्स, कैलाश चिया, त्रिशक्ति सिमेन्ट, कान्तिपुर टेलिभिजन, एनआइसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत थुप्रै कम्पनीहरूमा योगदा दिएका उनले आफूलाई अब्बल सावित गरेका छन् । 

    ब्रान्डिङका क्षेत्रको आइकनका रूपमा रहेका उनी गीतकार, गायक, संगीतकार, अभिनेता, मोडल, लेक्चरर, विज्ञापन निर्माता, निर्देशक समेत हुन् । 

    साताको लोकप्रीय