चेम्बरद्वारा पाण्डेको नेतृत्वमा प्रचार प्रसार तथा अतिथि सत्कार समिति गठन

चेम्बरद्वारा पाण्डेको नेतृत्वमा प्रचार प्रसार तथा अतिथि सत्कार समिति गठन

अर्थ डबली
सोमवार, असोज ४ २०७८
अर्थ डबली
सोमवार, असोज ४ २०७८ (अर्काइभ बाट)
  • चेम्बरद्वारा पाण्डेको नेतृत्वमा प्रचार प्रसार तथा अतिथि सत्कार समिति गठन

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सले कार्य समिती सदस्य सन्तोष कुमार पाण्डेको नेतृत्वमा प्रचार प्रसार तथा अतिथि सत्कार समिति गठन गरेको छ । 

    images
    images

    चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले चेम्बर अन्तर्गत गठित प्रचार प्रसार तथा अतिथि सत्कार समितिका सभापति, पदाधिकारी तथा सदस्यहरूलाइ मनोनयन पत्र प्रदान गरेका हुन् । 

    नव गठित समितिकोे सहसभापतिमा योगेस क्षेत्री तथा सदस्यहरुमा क्रमश पकंज जलान, विपेन्द्र कार्की, राजेन्द्र थापा, राम राजा श्रेष्ठ, विज्ञान श्रेष्ठ,  पशुपति देव पाण्डे, अनिल परियार, नवराज चालिसे,  मोहन ओझा, सोना अमात्य, सुनिता वतास, रमिता राजभण्डारी, रमेश ढकाल मनाेिनत भएका छन् । 

    उक्त अवसरमा अध्यक्ष मल्लले मुलुकको आर्थिक समृद्धि हाम्रो साझा लक्ष भएकोले चेम्वरको छाता मुनी वसी अर्थतन्त्रको बिकासको लागि योगदान दिने बताउदै व्यवसायीहरुको वास्तविक मर्कालाइ सम्प्रेषण गर्न पनि आग्रह गरेका छन् । 

    अध्यक्ष मल्लले मिडिया क्षेत्रमा लामो अनुभव हाशिल गरेका महानुभावहरुकोे प्रतिनिधित्व भएकोले नव मनोनित टीमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे । 

    समितिका सभापति पाण्डेले वर्तमान टीम नयाँ सोच लिएर गठन भएको बताए । नव गठित समितिले आगामी दिनहरुमा नयाँ कार्यक्रमहरु ल्याउनले उनको भनाई छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठको पनि उपस्थिति थियो ।

    साताको लोकप्रीय