एडीबीको ६० मिलियन ऋण, विद्युतीय प्रणाली सुधारमा खर्च गर्नुपर्ने

एडीबीको ६० मिलियन ऋण, विद्युतीय प्रणाली सुधारमा खर्च गर्नुपर्ने

अर्थ डबली
सोमवार, असोज ४ २०७८
अर्थ डबली
सोमवार, असोज ४ २०७८ (अर्काइभ बाट)
  • एडीबीको ६० मिलियन ऋण, विद्युतीय प्रणाली सुधारमा खर्च गर्नुपर्ने

    काठमाडौं / विद्युतीय प्रणालीको आधुनिकीकरण, वितरण प्रणालीको सुधार एवं क्षमता वृद्धिका लागि एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई करिब रु ६० करोड बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ ।

    images
    images

    निर्माणका क्रममा रहेका परियोजनाको स्वीकृति गत नोभेम्बरमा भएको थियो । 

    त्यसमा स्वचालित ३४ वटा ग्रीड सवस्टेशनका साथै काठमाडौँ उपत्यकामा स्मार्ट मिटरको जडान, १४४ किलोमिटर प्रसारण लाइन निर्माण र ११३ किलोमिटर प्रसारण लाइनको स्तरोन्नति रहेका छन् । 

    यस्तै विद्युत् वितरण प्रणालीको स्वसञ्चालनका लागि नियन्त्रण कक्ष निर्माण हुनेछ ।

    News.JPG

    सन् २०२६ सम्म नेपालीको विद्युत् खपत क्षमता ७०० किलोवाट घण्टा पु¥याउने लक्ष्यका साथ एडीबीले नेपालको वितरण प्रणालीको क्षमता वृद्धि, सुधार तथा आधुनिकीकरणलाई जोड दिएको बैंकका ऊर्जा विशेषज्ञ जीवन आचार्यले बताए । 

    बैंकले आज मनिलाबाट जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो ऋण सहयोगबाट नेपालगञ्ज कोहलपुर १३२ केभी क्षमताको प्रसारण लाइन, चोभार लगनखेल प्रसारण लाइन र दुम्कीबास, लगनखेल, मूलपानी र नेपालगञ्ज सवस्टेशनको क्षमता वृद्धिमा खर्च हुनेछ ।

    साताको लोकप्रीय