भान्सामा एल्पी ग्यास होइन, महसुल दर कम गरेको छु, अब विद्युतीय चुल्हो बालौं - ऊर्जामन्त्री भुसाल

भान्सामा एल्पी ग्यास होइन, महसुल दर कम गरेको छु, अब विद्युतीय चुल्हो बालौं - ऊर्जामन्त्री भुसाल

अर्थ डबली
बुधवार, आश्विन ६ २०७८
अर्थ डबली
बुधवार, आश्विन ६ २०७८ (अर्काइभ बाट)
  • भान्सामा एल्पी ग्यास होइन, महसुल दर कम गरेको छु, अब विद्युतीय चुल्हो बालौं - ऊर्जामन्त्री भुसाल

    काठमाडौं/ ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गरेकी छन् ।  उनले आफ्नै देशको उत्पादन विद्युत् उपभोग गरेर लाभान्वित हुन आग्रह गरिन् । 

    images
    images

    ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको आज शुभारम्भ गर्दै उनले भनिन्, “घरायसी उपभोगको विद्युत् महसुल दरमा कम गरेको छु । 

    नयाँ महसुल दर लागू भएपछि एल्पी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ ।” ललितपुरको थँेचोमा स्नाइडर इलेक्ट्रिक फाउन्डेशनले डन बोस्को इष्टिच्युटसँगको साझेदारीमा नेपालमा पहिलो पटक त्यस्तो केन्द्र शुभारम्भ गरिएको हो ।

    आफ्नै देशमा उत्पादित विद्युत् खपत गरे चुलिएको व्यापारघाटा कम हुने विश्वास व्यक्त गर्दै मन्त्री भुसालले समृद्धिको लागि पनि विद्युत् उत्पादन र खपतलाई सरकारले केन्द्रमा राखेको बताईन् । 

    नेपाल विद्युत् प्राधिकरणले बीस युनिटसम्मको बिजुली निःशुल्क उपलब्ध गराउने र कृषि सिँचाइमा प्रयोग हुने विद्युत्मा सहुलियत दिने निर्णय गरेको जानकारी गराउँदै उनले सो निर्णय कार्यान्वयन भएसँगै जनताले राहत पाउने विश्वास व्यक्त गरिन् । 

    pampha bhusal.JPG

    गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले आफ्नो क्षेत्रमा उर्जाको उत्कृष्ट केन्द्र सञ्चालन भई दक्ष जनशक्ति उत्पादन हुनु गौरवको विषय भएको भन्दै त्यसको लागि थप सहयोग गर्न नगरपालिका तयार रहेको बताए । 

    नेपालका लागि फ्रान्सका राजदूत जिल्लेस बोउडाओले केन्द्रको स्थापनासँगै रोजगारी सिर्जना र सीप विकासका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले डन बोस्को इन्स्टिच्युटले तयार पारेको जनशक्तिले देश विकासमा ठूलो मद्दत पुग्ने बताईन् । 

    नेपाल डन बोस्को सोसाइटीका अध्यक्ष फादर अगष्टीले नेपालका ग्रामीण क्षेत्रमा जनशक्ति कम भइरहेको अवस्थामा केन्द्रमा उत्पादित जनशक्तिले गाउँसहरसम्म सेवा दिने बताईन् । उनले ऊर्जा क्षेत्रमा हरेक किसीमका जनशक्ति उत्पादन गर्ने विश्वास दिलाए ।

    स्नाइडर इलेक्ट्रिक फाउन्डेशनका कार्यकारी प्रमुख अनिल चौधरीले ऊर्जाको उपयोग आधारभूत अधिकार भएको बताउँदै केन्द्रको स्थापनापछि दक्ष जनशक्ति उत्पादन हुनुका साथै देशमा व्यावसायिक सीप विकास हुने विश्वास व्यक्त  गरिन् । 

    साताको लोकप्रीय