माछापुच्छ्रे बैंकले शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? 

माछापुच्छ्रे बैंकले शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? 

अर्थ डबली
बुधवार, आश्विन ६ २०७८
अर्थ डबली
बुधवार, आश्विन ६ २०७८ (अर्काइभ बाट)
  • माछापुच्छ्रे बैंकले शेयरधनीहरूलाई १४ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ? 

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि लाभांश घोषणा गरेको छ । बैंकको यही असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७/७८ को मुद मुनाफाबाट लाभांश दिने घोषणा गरेको हो । 

    images
    images

    बैंकले गत आ.व.को खुद मुनाफाबाट शेयरधनीहरूलाई चूक्ता पूँजीको १४ प्रतिशत अर्थात करसहित रु.एक अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ लाभांश वितरण गर्न प्रस्ताव गर्ने भएको हो । 

    उक्त लाभांश अन्तर्गत बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय गरेको छ । 

    बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७४ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा २ अर्ब २ करोड रुपैयाँ सञ्चित छ ।

    माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ वटा शाखाहरु र १७५ शाखारहित बैकिङ्ग सेवा, ७ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३४४ स्थानवाट १० लाखभन्दा बढी ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०३ वटा एटिएमहरू संचालनमा रहेको छन् ।

     

    नेपालको अर्थतन्त्रमा सामान्य वृद्धि हुने एडिबीको प्रक्षेपण

    एशियाली विकास बैंक (एडिबी) ले सन् २०२२ मा नेपालको अर्थतन्त्र ९बजार मूल्यमा० ४।१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । 

    बैंकको प्रमुख प्रकाशन ‘एशियाली विकास परिदृश्य’ लाई आज अद्यावधिक गर्दै उसले नेपालको अर्थतन्त्रमा सामान्य वृद्धिको प्रक्षेपण गरेको हो । 

    बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धि २।३ प्रतिशतमा सीमित रहने अनुमान गरेको थियो । 

    पर्याप्त वर्षा भएकाले आगामी वर्ष धान उत्पादनमा बढोत्तरी हुने, औद्योगिक उत्पादन पनि बढ्ने अपेक्षा परिदृश्यमा गरिएको छ भने निर्यातमा भएको सुधार र राष्ट्रिय खोप अभियानले सङ्क्रमण घटाउने विश्लेषणका आधारमा सङ्कुचित अर्थतन्त्रमा सुधार आउने अनुमान गरिएको हो । 

    पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण मुद्रास्फीति भने ५.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यसअघि त्यो ३.६ प्रतिशतमा सीमित रहने आकलन गरिएको थियो । 

    जलविद्युत् उत्पादनमा वृद्धि भएसँगै पेट्रोलियम पदार्थको आपूर्ति पनि क्रमशः घट्ने र त्यसले भुक्तानी सन्तुलनमा कम चाप पर्नेछ ।

    विप्रेषण आय र निर्यातमा वृद्धि भए पनि चालु खाता घाटा उच्च रहने प्रतिवेदनमा उल्लेख छ । 

    साताको लोकप्रीय