एडिबीको प्रक्षेपण : नेपालको अर्थतन्त्रमा ४.१ प्रतिशतले बढ्ने 

एडिबीको प्रक्षेपण : नेपालको अर्थतन्त्रमा ४.१ प्रतिशतले बढ्ने 

अर्थ डबली
बुधवार, असोज ६ २०७८
अर्थ डबली
बुधवार, असोज ६ २०७८ (अर्काइभ बाट)
  • एडिबीको प्रक्षेपण : नेपालको अर्थतन्त्रमा ४.१ प्रतिशतले बढ्ने 

    एशियाली विकास बैंक (एडिबी) ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । 

    images
    images
    images

    बैंकको प्रमुख प्रकाशन ‘एशियाली विकास परिदृश्य’ लाई आज अद्यावधिक गर्दै उसले नेपालको अर्थतन्त्रमा सामान्य वृद्धिको प्रक्षेपण गरेको हो । 

    बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धि २.३ प्रतिशतमा सीमित रहने अनुमान गरेको थियो । 
    पेट्रोलियम पदार्थको उच्च मूल्यका कारण मुद्रास्फीति भने ५.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । 

    यसअघि त्यो ३.६ प्रतिशतमा सीमित रहने आकलन गरिएको थियो। जलविद्युत् उत्पादनमा वृद्धि भएसँगै पेट्रोलियम पदार्थको आपूर्ति पनि क्रमशः घट्ने र त्यसले भुक्तानी सन्तुलनमा कम चाप पर्नेछ । 


    पर्याप्त वर्षा भएकाले आगामी वर्ष धान उत्पादनमा बढोत्तरी हुने, औद्योगिक उत्पादन पनि बढ्ने अपेक्षा परिदृश्यमा गरिएको छ भने निर्यातमा भएको सुधार र राष्ट्रिय खोप अभियानले सङ्क्रमण घटाउने विश्लेषणका आधारमा सङ्कुचित अर्थतन्त्रमा सुधार आउने अनुमान गरिएको हो । 


    विप्रेषण आय र निर्यातमा वृद्धि भए पनि चालु खाता घाटा उच्च रहने प्रतिवेदनमा उल्लेख छ। 

    साताको लोकप्रीय