नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

कृषि उत्पादकत्व २.४ प्रतिशतले बढ्ने तथा औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवा क्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने एशियाली विकास बैंकको अनुमान अनुमान छ ।

अर्थ डबली
बुधवार, बैशाख १५ २०७८
अर्थ डबली
बुधवार, बैशाख १५ २०७८ (अर्काइभ बाट)
  • नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

    काठमाडौँ / एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

    images
    images

    बैंकले आज जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुनः प्रभावित तुल्याउने जोखिम बढेकाले प्रक्षेपण गरिएको आर्थिक वृद्धिदर हासिल गर्न कठिन हुनेछ ।

    धानको उत्पादन वृद्धि हुने अपेक्षा गरिएकाले कृषि उत्पादकत्व २.४ प्रतिशतले बढ्ने तथा औद्योगिक क्षेत्रको वृद्धि २.५ प्रतिशत र सेवा क्षेत्रको बढोत्तरी ३.४ प्रतिशतले हुने अनुमान पनि बैंकले गरेको छ । 

    मेलम्ची खानेपानी आयोजना पूरा भई काठमाडौँ उपत्यकामा जल प्रवाह भएको र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पहिलो चरणको उत्पादन प्रारम्भ गर्ने अनुमानका साथ निर्माण क्षेत्रले पनि अर्थतन्त्रमा भरथेग गर्ने विश्वास परिदृश्यमा व्यक्त गरिएको छ । 

    साताको लोकप्रीय