परिसंघले सबै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

परिसंघले सबै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

अर्थ डबली
बिहिवार, माघ २२ २०७७
अर्थ डबली
बिहिवार, माघ २२ २०७७ (अर्काइभ बाट)
  • परिसंघले सबै उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने

    काठमाडौँ / नेपाल उद्योग परिसंघले नेपालबाट निर्यात हुने वस्तुहरुको उत्पत्तिको प्रमाणपत्र जारी गर्न पाउने भएको छ । 

    images
    images

    नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको उत्पत्तिको प्रमाणपत्र जारी गर्ने सम्बन्धीकार्यविधि, २०७७अनुसार उत्पत्तिको प्रमाणपत्र जारी गर्न अनुमति पाएको हो ।

    यस अनुमतिबाट परिसंघले भारत लगायत सार्क मूलुकमा समेत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार प्राप्त गरेको छ । 

    परिसंघले सधै स्वदेशी उत्पादनहरुको गुणस्तर वृद्धि गरी निर्यात प्रवद्र्धनमाजोड दिँदै आइरहेको छ । सरकारले परिसंघको योगदान, उद्योग र निर्यात क्षेत्रको योगदानलाई कदर गर्दै जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेको छ । 

    उत्पत्तिको प्रमाणपत्र जारीगर्दा प्राप्त भएको आम्दानीलाई निर्यात प्रवद्र्धनका कार्यक्रमहरु र गतिविधिहरु सञ्चालन गरीखर्च गर्ने र निर्यात प्रवद्र्धनलाई जोड दिने जनाएको छ । 

    सरकारको निर्णयले निर्यातमा आवद्ध सदस्यहरुलाई अझबढी गुणस्तरीय सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएको छ । यसभन्दा पहिले परिसंघले तेस्रो मूलुकमा मात्र उत्पत्तिको प्रमाणपत्र जारी गर्दै आएको थियो ।

    साताको लोकप्रीय